+
+

कञ्चनपुरमा छात्रालाई अभद्र व्यवहार गरेको आरोपमा विद्यालयका लेखापाल पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०८० भदौ ३ गते १७:३४

३ भदौ‌, धनगढी । कञ्चनपुरमा छात्रालाई अभद्र व्यवहार गरेको आरोपमा प्रहरीले एक विद्यालयका लेखापाललाई पक्राउ गरेको छ ।

भीमदत्त नगरपालिका–१० को सिद्धनाथ माध्यमिक विद्यालयका लेखापाल वीरेन्द्रप्रसाद जोशीलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) प्रकाश डाँगीले जोशीले विद्यालयमा अध्ययनरत १५ वर्षकी बालिकामाथि अभद्र व्यवहार गरेको आरोपमा पक्राउ गरिएको जानकारी दिए । लेखापालले छात्रालाई अभद्र व्यवहार गरेको भन्दै आइतबार विद्यार्थीहरुले विद्यालयमा प्रदर्शन गरेका थिए ।

उनीहरुले जोशीलाई कडा कारवाहीको माग गरेका छन् । जोशीलाई पक्राउ गरिएपनि पीडित पक्षले अहिलेसम्म किटानी जाहेरी भने दर्ता गराएका छैनन् । घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?