+
+

यी १० तरिकाले सजाउन सकिन्छ कोठाको भित्ता

सरु कासिंछ्वा, इन्टेरियर डिजाइनर सरु कासिंछ्वा, इन्टेरियर डिजाइनर
२०८० भदौ ४ गते १४:२२

घर तथा कोठालाई आकर्षक देखाउनुमा भित्ताको भूमिका महत्वपूर्ण हुन्छ । भित्तामा चिटिक्क देखाउने पहिलो कुरा रंगरोगन नै हो । यसबाहेक पनि विभिन्न वस्तुहरु सजाएर कोठाको भित्तालाई सजाउन सकिन्छ ।

घरको भित्तालाई आकर्षक देखाउने १० उपायको यहाँ चर्चा गरिन्छ ।

प्रमाणपत्र : आफू वा परिवारका सदस्यहरुले प्राप्त गरेका सम्मानपत्र, कदरपत्रलगायत प्रमाणपत्र्हरुलाई भित्तामा राखेर सजाउन सकिन्छ ।  यसो गर्दा ती प्रमाणपत्रहरुलाई आकर्षक फ्रेममा राख्नुपर्ने हुन्छ ।

वालपेपर : घर तथा अफिसको भित्ता सजाउने अर्को उपाय हो वालपेपर । आजभोलि विभिन्न रंग, प्रिन्ट, थ्रीडी प्रिन्टमा वालपेपर पाइन्छ । बच्चाहरुको कोठामा अल्फाबेटिकल वालपेपर राख्न सकिन्छ ।

ऐना : भित्तामा ठूलो ऐना राखेर पनि आकर्षक देखाउन सकिन्छ । आजभोलि त भित्ताको साइजजत्तिकै साइजको ऐना राख्ने चलन पनि छ । यसको प्रयोगले सानो कोठालाई पनि ठूलो देखाउन सकिन्छ । त्यस्तै स-साना ऐनाको फ्रेम बनाएर पनि भित्तामा राख्न सकिन्छ ।

भित्ते घडी : कोठामा सजाउनका लागि भित्ते घडीलाई पनि प्रयोग गर्न सकिन्छ । अहिले ठूलो साइजको घडी राख्ने चलन छ । यसलाई आफ्नो इच्छाअनुसार चारपाटो, गोलो, त्रिकोण आकारमा मेटल, काठको प्रयोग गरेर सजाउन सकिन्छ । यो प्राय: बैठक कोठामा राख्नु उपयुक्त हुन्छ ।

फोटो फ्रेम : जीवनका विभिन्न क्षणमा कैद गरिएका तस्वीरलाई फ्रेमलाई सजाएर भित्तामा राख्न सकिन्छ । यसमा सानोदेखि ठूलो साइजका फ्रेम आवश्यकताअनुसार प्रयोग गर्न सकिन्छ ।

पेन्टि: भित्तामा विभिन्न किसिमका पेन्टिङ पनि राख्न सकिन्छ । एउटा पेटिङ फेममा राखेर सजाउने खालको हुन्छ भने अर्को पूरै भित्ता नै ह्याण्ड पेन्टिङ गर्ने हुन्छ । प्राय: रेष्टुरेन्ट र विद्यालयमा हयाण्ड पेन्टिङ गरिएको पाइन्छ जुन आकर्षक हुन्छ । यसमा भगवानका चित्र, प्राकृतिक सिन, सूचनामूलक चित्र कोर्न भित्तालाई आकर्षक बनाउन सकिन्छ । यसले घरलाई आर्टिस्टिक लुक प्रदान गर्छ । यसले भित्तालाई सजाउनुका साथै प्राकृतिक सौन्दर्य पनि झल्काउँछ । साथै पेन्टिङ फ्रेममा परिवारको फोटो बनाएर भित्तामा सजाउन सकिन्छ । यसबाहेक क्यान्भासमा सजाउन सकिन्छ ।

ह्यांगि उड बोर्ड : आजभोलि काठबाट बनेको ह्यांगिङ उडमा फोटो, प्रेरक उद्धरण भनाइ लेखेर भित्तामा सजाउन सकिन्छ । यसले भित्तालाई आकर्षक बनाउनुका साथै प्रोत्साहन दिन काम पनि गर्छ । यो गोलो, आयातकार, आर्क तीनकुने आफ्नो इच्छाअनुसार डिजाइन गराएर भित्तालाई सजाउन सकिन्छ ।

मुखुण्डो : भित्तालाई विशेष तरिकाले सजाउन विभिन्न देवीदेवताको मुखुण्डो पनि प्रयोग गर्न सकिन्छ ।

पेपरवाल डेकोर : कागजबाट बनेको आकर्षक विभिन्न साम्रगीबाट पनि भित्ता टासेर वा फोटो फेम गरेर सजाउन सकिन्छ । पछिल्लो समय पेपरबाट बनाइएका ड्रिम क्याचर, पुतली, जंगल रुख र विभिन्न डिजाइनका फूलहरु बनाएर भित्तामा सजाउने गरिन्छ ।

एन्टिक सामग्री : अर्को एन्टिक साम्रगी राखेर पनि सजाउन सकिन्छ । कुनै भित्तामा टोसेर वा सानो दराज बनाएर राख्न सजाउन सकिन्छ । यस्ता एन्टिक सामग्री थोरै हुने भएका कारण प्राय: भर्‍याङको भित्तामा सजाउँदा राम्रो देखिन्छ ।

(कासिछ्वा भक्तपुर व्यासीस्थित कास डिजाइनकी सञ्चालिका हुन् । उनीसँग अनलाइनखबरकर्मी रेणु त्वानाबासुले गरेको कुराकानीमा आधारित)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?