+
+

संसदीय सुनुवाइमा भावुक भए प्रस्तावित प्रधानन्यायाधीश

अनलाइनखबर अनलाइनखबर
२०८० भदौ ४ गते १४:०६

४ भदौ, काठमाडौं । प्रस्तावित प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ संसदीय सुनुवाइका क्रममा भावुक भएका छन् ।

सोमबार संघीय संसदको सुनुवाइ समितिमा आफ्नो कार्ययोजना प्रस्तुत गरेका उनले सांसदहरुले उठाएका प्रश्नहरुको पनि जवाफ दिएका थिए । सांसदहरुको प्रश्नको जवाफ दिएर भनाइ टुंग्याउने क्रममा उनी न्यायपालिका सुधारका लागि आफूले कुनै कसर बाँकी नराख्ने बताए ।

‘यहाँहरुको सुझाव मैले मनमा राखेको छु, म काममा देखाउनेछु’ उनले गला अवरुद्ध बनाउँदै भने, ‘न्यायपालिका सुधारका लागि म कुनै कसर गर्ने छैन, यति भन्दै विदा हुन चाहन्छु ।’

जनआस्था अदालतको धरोहर हो भन्दै उनले त्यो विना अदालत टिक्नै नसक्ने बताए ।

न्यायालयको कुनै कालखण्डमा कुनै अप्ठेरो पर्‍यो भन्दैमा अदालतप्रतिको जनआस्था स्वाट्टै घट्यो भन्न नमिल्ने न्यायाधीश श्रेष्ठले बताए । ‘जनआस्था बढाउने कार्यमा अदालत निरन्तर लागिरहन्छ’ उनले भने, ‘हुनत यो कुरा परिणामबाट देखिनुपर्छ । त्यो परिणाम देखिने गरी काम गर्छु भनेर प्रतिवद्धता व्यक्त गर्दछु ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?