+
+

दिलासा र रेहानाको जोडी फाइनलमा

अनलाइनखबर अनलाइनखबर
२०८० भदौ ४ गते २०:३७

४ भदौ, काठमाडौं । ब्याडमिन्टन एशिया (दक्षिण एशिया) क्षेत्रीय जुनियर च्याम्पियनसिप २०२३ मा नेपालकी दिलासा राना र रिहाना शेरचनको जोडी यू-१५ डबल्समा फाइनल प्रवेश गरेका छन् ।

राना र शेरचनको जोडीले बंगलादेशका अफिफा खान अरिन र तान्जिला महमुदको जोडीलाई २१–१५, १६–२१, २१–९ ले पराजित गर्दै फाइनल प्रवेश गरेका हुन् ।

यू-१५ तर्फनै टिसा रानी शाक्य र समृद्धि श्रेष्ठको जोडी श्रीलंकाका सिथुली रनसिंघे र नेथ्मी रत्नायकेसँग ८–२१, ७–२१ ले पराजित भए । यस्तै पुरुष तर्फ सुदेश राजकोटी र शिशिर रानाको जोडी बंगालादेशका मोस्तकी होसैन र वाली उल्लाहको जोडीसंग ९–२१, १२–२१ ले पराजित भए ।

महिला यू-१५ एकल तर्फ टिशा रानी शाक्य श्रीलंकाकी नेथ्मी रत्नायकेसंग ४–२१, १४–२१ ले पराजित भइन् । यसैगरी दिलासा राना श्रीलंकाकी सुथुली रनसिंघे संग १५–२१, १५–२१ के अन्तरमा पराजित भइन् । पुरुषतर्फ सुविन श्रेष्ठ बंगलादेशका वाली उल्लाहसंग १५–२१, २१–१४, १८–२१ ले पराजित भए ।

यू-१७ महिलातर्फ नेपालकी राजी राई श्रीलंकाकी रनुमी मनागेसंग १६–२१, २१–१८, १५–२१ ले पराजित भइन् भने पुरुषतर्फ कविर केसी श्रीलंकाका थिदासा वेरागोडासंग १२–२१, १९–२१ ले पराजित भए ।

कविर र अभयको जोडी पनि फाइनलमा प्रवेश

कविर केसी र अभय महराको जोडी यू-१७ तर्फ माल्दिभ्सका अजहर मोहम्मद अयुव र युसुफ मुनाधी माथलुबलाई २१–९, २१–७ को सोझो सेटमा पराजित गर्दै फाइनल प्रवेश गरेका छन् ।

यु-१५ तर्फ सौर्य महर्जन र सुविन श्रेष्ठको जोडी श्रीलंकाका केनेथ अरुगोडा र सेनुथ सेथमिथा पेरेरा संग पराजित भएका छन् । महर्जन र श्रेष्ठको जोडी श्रीलंकन जोडीसंग १३–२१, ११–२१ ले पराजित भएका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?