+
+

सीके राउत पुगे भाजपाको अफिसमा

अनलाइनखबर अनलाइनखबर
२०८० भदौ ६ गते १४:४८

६ भदौ, काठमाडौं । सत्तारुढ जनमत पार्टीका अध्यक्ष सीके राउत भाजपाको मूख्यालय नयाँ दिल्लीमा पुगेका छन् । भाजपाका विदेश विभाग इन्चार्ज विजय चौथाईवालेसँग उनी र उपाध्यक्ष दीपक साहले बुधबार दिउँसो भेट गरेका हुन् ।

अनलाइनखबरसँग कुरा गर्दै साहले भाजपा नेताहरुसँग पार्टी–पार्टी सम्बन्ध आदानप्रदानका कुराहरु भएको बताए । यसअघि पनि भाजपासँग आफूहरुको सम्बन्ध रहँदै आएको उनले बताए ।

‘राजनीतिक भेटघाट र दुई पार्टीबीच सहकार्यका बारेमा कुरा भयो,’ साहले भने, ‘हामी पहिले पनि आएका थियौं । चुनाव सकिएपछि दुई पार्टीको सम्बन्ध लगायतका विषयमा कुरा भएको छ । अरु ठोस कार्यसूची छैन । केही राजनीतिक भेटघाट र अध्यक्षज्यूका व्यक्तिगत कामसमेत छन् ।’

भाजपाले ट्वीट गर्दै जनमत पार्टी अध्यक्षसँग दुई पार्टीबीचको सम्बन्ध आदानप्रदान, बिस्तार तथा घनिष्टता वृद्धि गर्दै जाने बारेमा छलफल भएको जानकारी दिएको छ । उसले राउत र भाजपा नेता चौथाईवालेको तस्बिर समेत राखेको छ ।

विगतमा भाजपा भारतको सत्तामा आउने बेलामा राउतले नेपालमा पृथकतावादी नारा दिएर अभियान चलाएका थिए । त्यस बेला भारतका नेताहरुबाट आफूले चाहेजस्तो सहयोग नपाएको बताउने गरेका राउतले मूलधारको राजनीतिमा प्रवेशसँगै भारतीय पक्षको स्वागत पाएको देखिन्छ ।

नेपालमा राउतको दल जनमतबाट भर्खरै प्रचण्ड नेतृत्वको मन्त्रिपरिषद्मा सहभागिता समेत भइसकेको छ ।

मंगलबार दिल्ली उडेका राउत र साह बिहीबार फिर्ने कार्यक्रम छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?