
काठमाडौं । रेखा फिल्म्स र कपनगढी ब्यानरले संयुक्त रुपमा निर्माण गर्न लागेको फिल्म ‘उपहार : द जर्नी अफ लाइफ’को शुभसाइत बिहीबार पशुपतिनाथ मन्दिरमा गरिएको छ । कास्ट एण्ड क्रिउको उपस्थितिमा फिल्मको मुहूर्त गरिएको निर्देशक ज्ञानेन्द्र देउजाले जानकारी दिए ।
उनका अनुसार लगातारको झरीले फिल्मको छायांकन सोमबारदेखि हुनेछ । ४० दिनको सेड्युल तय गरिएको छायांकन काठमाडौंमा हुनेछ । आगामी नयाँ वर्षलाई प्रदर्शन लक्ष्य राखिएको फिल्म मल्टिस्टारर हो ।
रेखा थापा, बेनिशा हमाल, पूजा शर्मा, मुकुन भुसाल, तेज गिरी, समर्पणजंग कार्की, शिशिर राना, अंशु थापा लगायतका कलाकार छन् । अर्जुन पोखरेल र बाबुल गिरीको संगीत निर्देशन, कविराज गहतराजको नृत्य निर्देशन, विष्णु कल्पितको छायांकन, रोशन श्रेष्ठको एक्सन कोरियोग्राफी र देव गुरुङको सम्पादन हुनेछ ।
फिल्मलाई लिएर रेखा उत्साहित छिन् । होम प्रोडक्सनबाट बर्सेनि एउटा फिल्म निर्माण गर्ने योजनाअनुसार यस वर्ष उपहार : द जर्नी अफ लाइफको छायांकन हुन लागेको हो ।
प्रतिक्रिया 4