 
																			७ भदौ, काठमामाडौं । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले अपराध अनुसन्धानमा योगदान पुर्याएको भन्दै एनसेल आजियाटा लिमिटेडलाई मंगलबार सम्मान गरेको छ ।
कार्यालयले एनसेलका सम्राट अमात्य र कृष्ण भुसाललाई एनसेलकोतर्फबाट प्रदान गरेको योगदान स्वरुप प्रशंसा पत्र प्रदान गरको हो ।
एनसेलले कानुनबमोजिम आवश्यक सहयोग प्रदान गर्दै आएको जनाएको छ । नेपाल प्रहरीले प्रहरी दिवसको अवसरमा २०७८ र २०७९ सालमा पनि एनसेललाई सम्मान गरेको थियो ।
एनसेल आजियाटा लिमिटेड नेपालको पहिलो निजी मोबाइल सेवाप्रदायक कम्पनी हो । सन् २००४ मा स्थापित एनसेल, आजियाटा गु्रप बर्हादअन्तर्गतको एक कम्पनीको हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
            भर्खरै
            पुराना
            लोकप्रिय
            
        
            ट्रेन्डिङ
                        Advertisment
                        
                                    
        
    
                        
                    
                    
                    
                     
                









 
                     
                                 
                 
                 
                 
                 
                 
         
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                .png) 
                                                 
                                                .png) 
                                                 
                                             
                                             
                                             
                                             
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
                
प्रतिक्रिया 4