
७ भदौ, काठमाडौं । नेकपा एकीकृत समाजवादीले पार्टीको महाधिवेशन माघ १४ देखि १८ गतेसम्म गर्ने भएको छ ।
हाल काठमाडौंमा सञ्चालन भइरहेको पार्टीको छैटौं पूर्ण बैठकबाट एकीकृत समाजवादीले महाधिवेशनको मिति तोके पनि स्थान भने सचिवालय बैठकले तय गर्ने भएको छ ।
गठन भएको दुई वर्षपछि एकीकृत समाजवादीले पहिलोपटक महाधिवेशन गर्न लागेको हो । २००७ सालमा गठन भएको नेपाल कम्युनिस्ट पार्टीको वर्तमान रूप भएको जनाएको एकीकृत समाजवादीले एमालेसँग नवौँ महाविधेशनपछि २०७८ सालमा अलग भएको थियो ।
आगामी महाविधेशनलाई १० औं महाविधेशनका रूपमा अघि बढाउने निर्णय भएको एकीकृत समाजवादीका नेता शेरबहादुर कुँवरले बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4