 
																			९ भदौ, काठमाडौं । उपप्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले सरकारे एक महिनाभित्रै सुशासनको कार्ययोजना ल्याउने बताएका छन् ।
शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा उनले भएका कमजोरीलाई सुधार्ने र सुशासनका लागि देशभर अभियान चलाउने तयारी गरेको बताए ।
‘भएका कमजोरीलाई सुधारेर विशेष अभियान चलाउनका लागि मुख्यसचिव एउटा टोली बनाएर लाग्नुभएको छ । सुशासनको कार्ययोजना तयार पारेर जनताले पाउने सेवा समयमा पाउनका लागि हमीले पहल गरिरहेका छौं’ उनले भने ।
यो महिनाभित्रै उक्त कार्ययोजना मन्त्रिपरिषद्ले पास गर्ने र सरकारबाट दिनुपर्ने सेवामा नयाँपनको आभास गराउने खड्काले बताए ।
हाल अनुसन्धान प्रक्रियामा रहेका केही भ्रष्टाचार र अनियमितता प्रकरणमा दोषी नउम्कने र निर्दोष नफस्ने गरी काम भइरहेको पनि उनले बताए ।
‘छानबिनका प्रक्रियाहरु अधुरा छन्, बाँकी छन्, चलिरहेका छन्, यसको निरुपण नभएसम्म प्रश्न उठ्नु स्वभाविक हो’ उपप्रधानमन्त्री खड्काले भने, ‘हाम्रा नेताहरुले केही कुरा उठाउनुभएको छ, त्यसलाई अस्वभाविक मान्दिन, त्यसको अन्तिम टुंगो अदालतले नलगाएसम्म यी कुराहरु हुन्छन् ।’
 
                









 
                     
                                 
                 
                 
                 
                 
                 
         
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                .png) 
                                                 
                                                .png) 
                                                 
                                             
                                             
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
                
प्रतिक्रिया 4