
१० भदौ, काठमाडौं । ब्रिटिस गोर्खा नेपाली नागरिकता निरन्तरता अभियान, बेलायत/नेपाल (बीजीएनसीसीसी–यूके/नेपाल) ले ब्रिटिस गोर्खालीहरुलाई नेपाली नागरिकताबाट बञ्चित गरिए उनीहरु राज्यविहीन हुने बताएका छन् ।
काठमाडौंमा पत्रकार सम्मेलन गरेर अभियानका संयोजक सुनबहादुर तामाङले ब्रिटिस गोर्खाहरुलाई नेपाली नागरिकताको सुनिश्चितता संविधानमै गर्नुपर्ने माग राखेका छन् ।
नेपालको कानुनमा ‘कुनै पनि नेपाली नगरिकले स्वच्छाले विदेशी नागरिकता लिएमा स्वत नेपाली नागरिकता कायम रहने छैन’ भन्ने उल्लेख भएकोले ब्रिटिस गोर्खालीहरुमा पनि लागु हुने र त्यसले नेपाल र स्वयम बेलायतमा बस्ने गोर्खालीहरु दुबैलाई घाटा पुग्ने उनको जिकिर छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4