
१० भदौ, पोखरा । कास्कीको माछापुच्छ्रे गाउँपालिकामा बलेरो दुर्घटना हुँदा ९ जना घाइते भएका छन् ।
घाइतेमध्ये ७ जनाको अवस्था सामान्य रहेको र बाँकी २ जनाको पश्चिमाञ्चल अस्पतालमा उपचार भइरहेको माछापुच्छ्रे गाउँपालिका ७ का वडाध्यक्ष राजेन्द्र क्षेत्रीले जानकारी दिए ।
पोखरा–माछापुच्छ्रे इदीखोला चल्ने चालकसहित १० जना सवारग ३ च ५८३८ नम्बरको उक्त बलेरो जीप मणिलाल मार्गस्थित मर्दीपुलमा दुर्घटनामा परेको थियो ।
‘जीप बाटादेखि करिब १५ मिटर तल खसेर उत्तिसको रुखमा अल्झिएको थियो ।
सामान्य घाइतेहरुलाई उपचार पछि घर पठाइसकिएको छ,’ वडाध्यक्ष क्षेत्रीले भने । घाइते सबै माछापुच्छ्रे गाउँपालिका वडा नं. ७ कै रहेको उनले जानकारी दिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4