+
+

२२ औं आहारारा पोखरा गोल्डकपबाट ३ लाख बचत

अनलाइनखबर अनलाइनखबर
२०८० भदौ १२ गते १३:५९

१२ भदौ, पोखरा । गत वर्ष सञ्चालित आहारारा गोल्डकपको २२ औं संस्करणमा ३ लाख १८ हजार रुपैयाँ बचत भएको छ ।

२०७९ पुस १४ देखि २३ सम्म भएको प्रतियोगितामा टिकट तथा विभिन्न प्रायोजकबाट ९४ लाख ६५ हजार आम्दानी संकलन भएको क्लबका महासचिज रामजीप्रसाद अधिकारीले जानकारी दिए ।

त्यसमध्ये खर्च कटाएर ३ लाख १८ हजार रुपैयाँ वचत भएको मंगलबार आयोजित पत्रकार सम्मेलनमा उनले भने । आहा राराको अघिल्लो संस्करणमा क्लबले सर्वाधिक १२ लाख रुपैयाँ घाटा व्यहोरेको थियो ।

‘कोभिड महामारीका अघिल्ला संस्करण दर्शकबिनै गरेका थियौं । जसले गर्दा टिकटको पैसा नउठ्दा एकैपटक ठूलो घाटा व्यहोर्न पुग्यौं’, आर्थिक संकलन उपसमिति संयोजक सुनिल गुरुङले भने, ‘यसपटक केही बचत गर्न सफल भयौं ।’

२२ औं संस्करणमा प्रतियोगिता अवधिभर १० हजार जनाभन्दा बढी दर्शकले मैदानमै पुगेर खेल हेरेको आयोजकले जनाएको छ । टिकटबाटमात्रै सहाराले १७ लाख ८६ हजार संकलन गरेको थियो ।

मोमसलकै चर्चित मानिने आहारारा गोल्डकपको २२ औं संस्करणमा १० टिम सहभागी थिए । जसमा संकटा क्लबले जितेको थियो भने अमेरिकी टिम भुटनीज युथ स्पोर्टस् क्लब मिनोसोना युएस उपविजेता भएको थियो ।

Results

२०८० माघ १८, बिहीबार
2 - 1
२०८० माघ १७, बुधबार
1 - 0
२०८० माघ १६, मंगलबार
1 - 0
२०८० माघ १५, सोमबार
1 - 1
२०८० माघ १४, आइतबार
0 - 3
२०८० माघ १३, शनिबार
0 - 2
२०८० माघ १२, शुक्रबार
2 - 0
२०८० माघ ११, बिहीबार
0 - 1
२०८० माघ १०, बुधबार
0 - 1
२०८० माघ ९, मंगलबार
1 - 2
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?