+
+

गाईजात्राका दिन भक्तपुरमा कहाँ-कहाँ गर्न सकिन्छ सवारी पार्किङ ?

अनलाइनखबर अनलाइनखबर
२०८० भदौ १३ गते १३:२९

काठमाडौं । काठमाडौंलगायत देशका अन्य भागमा शुक्रबार गाईजात्रा मनाइने भए पनि भक्पुरमा भने भोलि बिहीबार नै गाईजात्रा मनाइँदैछ ।

भक्तपुरको गाईजात्रा हेर्न काठमाडौं उपत्यकाका विभिन्न ठाउँबाट मानिसहरु पुग्ने गर्छन् । जसका मानिसहरुको भीड हुने भएकाले भक्तपुर नगरपालिकाले शहरी क्षेत्रभित्र सवारी साधन पार्किङ निषेध गरेको आछ ।

त्यसका लागि बाहिरबाट जात्रा हेर्न आउनेहरुका लागि नगरपालिकाले पार्किंङका लागि १६ स्थान तोकेको छ । जसअनुसार सिद्धपोखरीको दक्षिणी भाग, भक्तपुर क्यान्सर अस्पताल अगाडिको पार्किङस्थल, नःपुखुको दक्षिण-पश्चिमतिरको खुल्ला क्षेत्र, देको, मिवा, इतापाके आवास क्षेत्रका सडकहरु, व्यासी पर्यटक बसपार्क, व्यासीबाट कालीघाट जाने सडकको एक छेउ, देकोचा (ख्वप कलेजका गाडीहरु पार्किङ गर्ने ठाउँ)मा सवारी साधन पार्किङ गर्न सकिनेछ ।

यसैगरी कमलविनायक सरस्वती विद्यागृह माविको चौरको पार्किङ क्षेत्र, च्याम्हसिंहदेखि पसिखेल सडकको एक छेउ, महेश्वरी खेल मैदान, परोपकार केन्द्र परिसर (हनुमानघाट), भेलुखेल, ल्योसिंख्य, राममन्दिर पुलसँगै खोला किनारा, बाराही पुलसँगै खोला किनार र भार्वाचो बसपार्क पार्किङस्थलको रुपमा तोकिएको छ । भक्तपुर नगरपालिका, जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी परिसर, सशस्त्र प्रहरी, ट्राफिक, ख्वप मिनिबस सेवा समिति, ख्वप अस्पतालका प्रतिनिधिको संयुक्त बैठकले नगरको गाईजात्राको दिन पार्किङस्थलबारे निर्णय गरेको हो ।

भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले गाईजात्रा अवधिभर हुने भीड र सवारी पार्किङलाई सहज व्यवस्थापन गर्न सबैले आफ्नो तर्फबाट भूमिका खेल्नुपर्ने बताए । गाईजात्रा प्रदक्षिणा मार्गमा कुनै अवरोध हुन नदिन अव्यवस्थित तारहरुको पनि व्यवस्थापन गरिएको उनले जानकारी दिए । यस्तै जात्रा अवधिभर वडाका विभिन्न स्थानमा प्रारम्भिक उपचार केन्द्रको समेत व्यवस्था गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?