+

अनुहारमा आएको कोठी हटाउन के गर्ने ?

२०८० भदौ  १३ गते १८:२२ २०८० भदौ १३ गते १८:२२
अनुहारमा आएको कोठी हटाउन के गर्ने ?

अनुहारको सौन्दर्यलाई लिएर विभिन्न खालको चिन्ताले सताइरहेको हुन्छ । यसमध्ये पनि अनुहारमा आउने अनावश्यक कोठीले धेरै दु:ख दिइरहेको हुन्छ ।

छालाको दुई तह हुन्छ- एपिडर्मिस र डर्मिस । एपिडर्मिसमा मेलानोसाइट भन्ने कोष हुन्छ, जसले छालामा रंग बनाउने काम गर्छ । मेलानोसाइटबाट मेलानो पिग्मेन्ट छालामा जम्मा भयो भने कोठी बन्छ । कोठी वंशाणुगत र घामको विकिरणका कारण आउने गर्छ ।

वंशाणुगत कोठी बर्थमार्क जस्तै हुन्छ, यसलाई कन्जेनिटल नेभस भनिन्छ । यो शरीरको जुनसुकै भागमा आउन सक्छ । त्यस्तै घामको विकिरणले आउने कोठी हुन्छ, जसलाई लेन्टिजेनियस भनिन्छ । प्राय: शरीरमा घाम पर्ने ठाउँ जस्तो अनुहार, हातखुट्टा, ढाडमा आउने गर्छ । यो घाममा हिंड्ने वा काम गर्ने मानिसमा आउने सम्भावना बढी हुन्छ । अन्य कोठीहरु शरीरको जुनसुकै भागमा आउन सक्छ ।

यसबाहेक जन्मिएपछि आउने जुनसुकै बेला आउन सक्छ भने कुनै माथिल्लो सतहमा देखिने कोठी, कुनै भित्री भागमा गएर बाहिरी रौं पलाउने कोठी हुन्छ । प्राय: अनुहारमा आउने कोठी वंशाणुगत र घामको कारणले बढी आउने गर्छ ।

कोठी हटाउन सकिन्छ ?

अनुहारमा वा शरीरको जुनसुकै ठाउँमा आउने तिलकोठीलाई औषधि, लेजर प्रविधि र शल्यक्रियाबाट हटाउन सकिन्छ । तर औषधिले एकदम स-सानो कोठीलाई मात्र हटाउन सकिन्छ । तर ठूलो-ठूलो र छालाको माथि उठेका कोठी भएमा लेजर वा शल्यक्रियाबाट हटाउनुपर्ने हुन्छ । यस्तोमा औषधिले काम गर्दैन । लेजर वा शल्यक्रिया गर्दा खासै साइट-इफेक्ट हुँदैन । कसैकसैलाई सामान्य दुख्ने, घाउबाट रगत आउने, दाग बस्ने इन्फेक्सन हुन सक्छ ।

त्यस्तै कोठी हटाउने कुनै घरेलु उपाय छैन । तर कतैकतै कोठी हटाउन कोठीमा टुथपेस्ट, चुना, एसिड लगाउने चलन छ । यसले कोठी हट्नुको साटो छालामा एलर्जी तथा नकारात्मक असर मात्र गर्छ । त्यसैले यस्तो कार्य पूर्ण रुपमा बन्द गर्नुपर्छ ।

कति लाग्छ खर्च ?

अस्पताल र क्लिनिक अनुसार यसमा लाग्ने खर्च फरक हुन सक्छ । धेरैजसो लेजर र शल्यक्रिया गर्दा लगभग तीन हजारदेखि २५ हजारसम्म लाग्ने गर्छ । साथै कोठीको साइजमा पनि भर पर्छ । किनकि कुनै कोठी एकचोटी लेजर वा शल्यक्रिया गर्दा निस्किन्छ भने कुनै दुई-तीन पटकसम्म गरेर निकाल्नुपर्ने हुन्छ ।

कोठी आउन नदिन के गर्ने ?

वंशाणुगत तथा जन्मजात भएको कोठीलाई हटाउन सकिंदैन । तर नयाँ आउने कोठीलाई कम गर्न घाममा कम हिंड्ने वा घाममा निस्किंदा सन्सक्रिन लगाएर मात्र निस्किनुपर्छ । यसैगरी समय-समयमा चिकित्सकलाई जाँच गराउन सकिन्छ ।

(छाला तथा यौनरोग विशेषज्ञ डा. घिमिरे काठमाडौं दरबारमार्गस्थित आवरण स्किन क्लिनिकका सञ्चालकसमेत हुन् । उनीसँग अनलाइनखबरकर्मी रेणु त्वानाबासुले गरेको कुराकानीमा आधारित)

अनुहार कोठी डा. रुपक घिमिरे सौन्दर्य
लेखक
डा. रुपक घिमिरे
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय

फिचर

सखरखण्ड, पोषणले भरिपूर्ण ‘सुपरफुड’

सखरखण्ड, पोषणले भरिपूर्ण ‘सुपरफुड’

मान्छे कसरी बलियो र तन्दुरुस्त हुन्छ ? ध्यान दिनैपर्ने ५ कुरा

मान्छे कसरी बलियो र तन्दुरुस्त हुन्छ ? ध्यान दिनैपर्ने ५ कुरा

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपतिका लागि आवेदन माग

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपतिका लागि आवेदन माग

घाम पर्ने गरी फार्मेसीहरूमा राखिएका औषधि बिग्रिने सम्भावना कति ?

घाम पर्ने गरी फार्मेसीहरूमा राखिएका औषधि बिग्रिने सम्भावना कति ?

बालविवाह : गल्ती गर्ने परिवार र समाज, परिणामको दोष स्वास्थ्यकर्मीमाथि

बालविवाह : गल्ती गर्ने परिवार र समाज, परिणामको दोष स्वास्थ्यकर्मीमाथि

एमाले प्रतिनिधि बन्न पाएनन् सरकारी स्वास्थ्यकर्मी, गौतमको नेतृत्वमा नयाँ सूची

एमाले प्रतिनिधि बन्न पाएनन् सरकारी स्वास्थ्यकर्मी, गौतमको नेतृत्वमा नयाँ सूची