+
+

सभामुखको प्रश्न : सरकार संसदीय समितिका निर्देशन कार्यान्वयन गर्न किन तयार छैन ?

अनलाइनखबर अनलाइनखबर
२०८० भदौ १५ गते १९:१८

१५ भदौ, काठमाडौं । सभामुख देवराज घिमिरेले संसदीय समितिका निर्देशनहरु सरकारले प्रभावकारी तवरले कार्यान्वयन गर्नुपर्ने बताएका छन् ।

काठमाडौंमा शुक्रबार आयोजित एक कार्यक्रममा सभामुख घिमिरेले समितिले दिएका निर्देशन औपचारिक मात्रै हुने गरेको बताए ।

समितिमार्फत सरकारका कामको निगरानी, निरीक्षण, योजना बनाउन लगाउने र सुझाव दिने गरे पनि त्यो कार्यान्वयन नभएकोमा उनले आपत्ति जनाए ।

‘समितिले दिएका निर्देशन सरकारले कार्यान्वयन गर्न किन तयार छैन ?’ उनले भने, ‘या तयार छ हामीले देखिरहेका छैनौं । यसलाई पनि समीक्षा गर्न जरुरी छ ।’

उनले संसद जनताप्रति उत्तरदायी हुन र जनताको पक्षमा काम गर्न समयभित्रै ऐन बनाउन जरुरी रहेको बताए ।

सभामुख घिमिरेले देश समृद्ध बनाउन र राष्ट्रको उन्नति गर्न सांसद र संसद क्रियाशील बन्नुपर्ने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?