+
+

‘राजागञ्ज’ सकेका दयाहाङ अब ‘डिग्री माइला’को छायांकन तयारीमा

अनलाइनखबर अनलाइनखबर
२०८० भदौ १७ गते १२:४२

काठमाडौं । दीपक रौनियारको निर्देशन र रामबाबु गुरुङको निर्माण रहेको फिल्म ‘राजागञ्ज’को छायांकन जनकपुरमा सम्पन्न भएको छ । ४० दिनसम्म जनकपुरसहित पूर्वी नेपालका मोरङ र महोत्तरीमा फिल्म छायांकन भएको थियो ।

यो फिल्मको छायांकन सकेर अभिनेता दयाहाङ राईसहितको कास्ट एण्ड क्रिउ काठमाडौं फर्किएको छ । दयाहाङ यतिबेला भदौ २९ गतेदेखि प्रदर्शन तयारीमा रहेको फिल्म ‘नांगो गाउँ’को प्रचारप्रसारमा जुटेका छन् ।

‘राजागञ्ज’मा दयाहाङसहित निकिता चाण्डक, आशा मगराती, विजय बराल, घनश्याम मिश्र, पशुपति राई लगायतको अभिनय छ । आफ्नो दशौं फिल्मको रुपमा यसलाई सेल्दन चाउले छायांकन गरेका थिए । उनले खिचेका फिल्महरु कान्स, लोकार्नो, सनडान्स, टोरन्टो र भेनिस फिल्म फेस्टिभलमा प्रदर्शन भइसकेका छन् ।

पुलिस थ्रिलर फिल्म ‘राजागञ्ज’मा दुई महिला मुख्य पात्रले अभिनय गरेका छन् । फिल्मलाई समयविरुद्धको कथा बताइएको छ । जनकपुरमा फिल्म छायांकन गर्न स्थानीय प्रशासन र उपमहानगरपालिकाले सघाएको कार्यकारी निर्माता मणिराम पोखरेलले बताए ।

निर्देशक रौनियार यो फिल्मलाई कान्समा प्रिमियर गर्न चाहन्छन् । अर्कोतर्फ, निर्माता गुरुङ बाँसुरी फिल्म्सको आगामी प्रोजेक्ट ‘डिग्री माइला’को छायांकन तयारीमा छन् । यो फिल्मलाई आउँदो वैशाख १ गते रिलिज गर्ने रामबाबुको योजना छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?