+
+

केही नेपाल ऐन संशोधन गर्न बनेको विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव स्वीकृत

अनलाइनखबर अनलाइनखबर
२०८० भदौ १८ गते १५:५७

१८ भदौ, काठमाडौं । केही नेपाल ऐन संशोधन गर्न बनेको विधेयक २०८० माथि बिचार गरियोस् भन्ने प्रस्ताव प्रतिनिधिसभाबाट सर्वसम्मत रुपमा स्वीकृत भएको छ ।

सोमबार बसेको प्रतिनिधि सभाको बैठकमा विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गरेका थिए । लगत्तै नेकपा एमालेका सचेतक महेश बर्तौलाले गणपूरक संख्या यकिन गर्न माग गरे । सांसदको संख्या गन्दा संसदमा ८३ सांसद उपस्थित भएको पुष्टि भयो ।

गणपूरक संख्याका लागि ६९ सांसद आवश्यक रहेको र त्यो संख्या पुगेको भन्दै सभामुखले विधेयकमाथि बिचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गरे । सभामुखले बिचार गरियोस् भन्ने प्रस्तावलाइ निर्णयार्थ प्रस्तुत गर्दा कसैले पनि ‘हुन्न’ भनेनन् ।

हुन्न भन्ने आवाज नसुनिएको उल्लेख गर्दै सभामुख घिमिरेले प्रस्तुत प्रस्ताव सर्वसम्मत रुपमा स्वीकृत भएको घोषणा गरे । यसअघि यही भदौ १२ गते बसेको बैठकमा गणपुरक संख्या नपुगेका कारण यो विधेयक अगाडि बढ्न सकेको थिएन ।
अब यो विधेयकमाथि सांसदहरुले ७२ घण्टाभित्र संशोधन प्रस्ताव दर्ता गर्न सक्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?