 
																						१८ भदौ, काठमाडौं । संस्कृति नीति बनाउन नेपाल प्राज्ञ प्रतिष्ठानका कुलपति भुपाल राईको संयोजकत्वमा १३ सदस्यीय कार्यदल गठन गरिएको छ ।
संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको मन्त्रिस्तरिय निर्णयअनुसार कार्यदल गठन भएको हो ।
संस्कृति पर्यटन र नागरिक उड्ड्यन मन्त्रलय भएपनि संस्कृति माथि काम नभएको मन्त्री सुदन किरातीले संस्कृति नीतिलाई प्राथमिकता दिइएको बताएका छन् ।
कुलपति भुपाल राईको संयोजकत्वमा १३ सदस्य समितिमा मा पूर्व व्यवस्थापिका सांसद सदस्य मल्ल के सुन्दर, भाषा आयोगका सदस्य डा. अमर गिरी, संस्कृति महाशाखा प्रमुख दामोदर गौतम, संस्कृतिविद् डा. प्रेम खत्री, संस्कृतिविद् डा. डिल्ली ओली, पूर्वसचिव डा. मानबहादुर विश्वकर्मा, प्रा.डा. विपण पौड्याल, देवशरण यादव, सांस्कृतिक अध्यता भोगीराज चाम्लिङ चलचित्र निर्देशक नवीन सुब्बा र सदस्य सचिवमा संस्कृति शाखा प्रमुख उप सचिव पूण्यमाया गुरागाईं रहेका छन् ।
 
                









 
                     
                                 
                 
                 
                 
                 
                 
         
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                .png) 
                                                 
                                                .png) 
                                                 
                                             
                                             
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
                
प्रतिक्रिया 4