
१९ भदौ, काठमाडौं । बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग (टीआरसी) ऐनको संशोधन विधेयकमाथि छलफल गर्न गठित संसदीय उपसमितिको म्याद फेरि थपिएको छ ।
मंगलबार बसेको प्रतिनिधि सभाको कानुन, न्याय तथा मानवअधिकार समितिको बैठकले उपसमितिको म्याद सात दिन थप गरेको हो ।
५ जेठमा २१ दिन समय दिएर गठन भएको उपसमितिको ५ साउनमा १५ दिन समय थप गरिएको थियो । तर थपिएको समयमा पनि उपसमितिले विधेयकमा सहमति जुटाउन नसकेपछि पुन: ७ दिन थप गरिएको हो ।
उपसमितिका जेष्ठ सदस्य ध्रुवबहादुर प्रधानका अनुसार छलफलको चरण सकिएको तर प्रतिवेदन लेख्न बाँकी छ । समितिले प्रतिवेदन तयार गर्न भन्दै थप सात दिन उपसमितिलाई दिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4