+
+

सरकारसँग कति छ खाद्यान्न मौज्दात ?

अनलाइनखबर अनलाइनखबर
२०८० भदौ १९ गते १८:२८
फाइल तस्वीर

१९ भदौ, काठमाडौं । सरकारले आफूसँग एक लाख ७० हजार ८०२ मेट्रिकटन खाद्यान्न मौज्दात रहेको दाबी गरेको छ । मंगलबार पत्रकार सम्मेलन गरेर उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले यस्तो जानकारी दिएको छ ।

मन्त्रालयका वाणिज्य तथा आपूर्त सचिव मधुकुमार मरासिनीकाअनुसार चामल, धान, गहुँ गरेर सरकारीसंग सुगम र दुर्गममा एक लाख ७० हजार ८०२ मेट्रिकटन खाद्यान्न मौज्दात छ ।

सरकारको दुर्गमका गोदाममा १४ हजार ४८२ क्वीन्टल, सुगममा ४४ हजार ६८२ मेट्रिकटन चामल मौज्दात छ । यस्तै, ७२ हजार ६८४ क्वीन्टल चामल खरिदको प्रक्रिया अघि बढेको पनि सचिव मरासिनीले बताए ।

यस्तै सरकारी गोदाममा ४ हजार ६३२ क्विन्टल धान मौज्दात रहेको उनले बताए । खाद्य व्यवस्था तथा व्यापार कम्पनीसँग ३४ हजार ३२० मेट्रिकटन गहुँ मौज्दात रहेको पनि मन्त्रालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?