+
+

निश्चल बस्नेतको ‘दिमाग खराब’ पोस्टर : राजनीतिप्रति क्रुद्ध पात्रको चित्रण

अनलाइनखबर अनलाइनखबर
२०८० भदौ २१ गते ११:५६

काठमाडौं । ‘लुट’पछि निश्चल बस्नेतको पुनरागमनलाई लिएर फिल्म वृत्तमा पर्खाइ छ । ‘निर्देशकीय स्टाइल’को कारण दर्शकमाझ चर्चित उनी निर्देशित पछिल्लो फिल्म ‘दिमाग खराब’ कात्तिक २४ गते प्रदर्शन हुँदैछ ।

बिहीबार फिल्मको औपचारिक पोस्टर सार्वजनिक भएको छ, जहाँ पात्रको ‘मुड’ परख गर्न सकिन्छ । ‘पिपुल भर्सेस पावर’ थिममा बनेको यो फिल्मको पोस्टरले पात्रहरुको ‘योङ्ग्री’ लुक्स चित्रण गर्छ ।

मल्टिस्टारर फिल्ममा दयाहाङ राई, अर्पण थापा, खगेन्द्र लामिछाने, विजय बराल, सुमन कार्की, स्वस्तिमा खड्काको अभिनय छ । ‘दिमाग खराब’को पोस्टरमा पात्र कोही क्रुद्ध देखिन्छन्, कोही घाइते र कोही अवसादले थिचिएका छन् । अभिनेत्री खड्का यसमा विवाहित महिलाको अवतारमा छिन् ।

राजनीतिको पृष्ठभूमिमा बनेको फिल्मले सत्तासँग नागरिकको चाहना र लडाइको कथा पेश गर्छ । ट्रेन्डसेटर फिल्म लुटबाट निर्देशकीय करिअर थालेका निश्चलको लामो समयपछिको यो फिल्मलाई लिएर दर्शकमाझ पर्खाइ छ । कोरोना महामारीअघि निश्चलले ‘जिन्दावाद’ नामक फिल्म बनाउने चर्चा थियो । ‘टलकजंग भर्सेस टुल्के’ निश्चलको अर्को रुचाइएको फिल्म हो । बिहीबार नै फिल्मको टिजर भिडियो समेत सार्वजनिक गर्दैछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?