+
+

अदालतको परमादेशपछि हिक्मत कार्की : अब कांग्रेससँग सहकार्य हाम्रो प्राथमिकता

अनलाइनखबर अनलाइनखबर
२०८० भदौ २१ गते १९:०१

२१ भदौ, काठमाडौं । सर्वोच्च अदालतले कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापालाई पदमुक्त गरेको छ ।

साथै प्रदेशसभाको सबभन्दा ठूलो दल नेकपा एमालेका संसदीय दलका नेता हिक्मतकुमार कार्कीलाई नयाँ मुख्यमन्त्री नियुक्त गर्न परमादेश दिएको छ । हिक्मत कार्कीसँग अनलाइनखबरको संक्षिप्त जिज्ञासा :

तपाईं फेरि मुख्यमन्त्री बन्नुभयो होइन त ?

म त अहिले विराटनगरमा छु । यो कुरा भर्खरै मिडियामार्फत संक्षिप्त रुपमा सुनेको हुँ । मैले के बुझें भने गठबन्धनले जुन विश्वासको मत लिन खोजेको थियो, त्यो बदर भयो । अब त सरकार असफल नै भइहाल्यो । अब १६८ (३) को सरकार बनाउन फैसला भएको छ । म यो निर्णयको स्वागत गर्छु ।

तपाईंले उद्धव थापा नेतृत्वको सरकार निर्माणको विरोध गर्दै आउनुभएको थियो, तर राजनीतिक मुद्दामा अदालतले नै भनिदिनुपर्‍यो होइन त ?

विगतदेखि नै हाम्रो राजनीतिमा कतिपय विषय र विवादबारे अदालतले व्याख्या गरिदिनुपर्ने अवस्था आएको नै छ । त्यसैले अब आगामी दिनमा यस्तो नहोस् भन्नका लागि हामी दलहरुले नै संविधानका धाराहरु मिच्ने अभ्यासहरु सच्याउनुपर्छ भन्ने सन्देश पनि यो फैसलामा प्राप्त छ ।

तपाईं मुख्यमन्त्री बन्ने भएपछि पनि चुनौती त बाँकी नै छ नि ?

प्रदेशसभामा कसैको पनि स्पष्ट बहुमत नहुने भएकाले चुनौती छ नै । किनभने राजनीतिक ध्रुवीकरण छ । तर हामी सबै दलसँग सहकार्य प्रस्ताव गर्छौं । खासगरी अहिले राष्ट्रिय राजनीतिको माग नै कांग्रेस र एमालेबीच सहमति बन्नुपर्छ भन्ने छ । कांग्रेससँग सहकार्यमा हाम्रो जोड हुन्छ । मूलधारका पार्टीहरुलाई त्यसमा जोड्ने हाम्रो कोसिस हुन्छ ।

भनेपछि अब कांग्रेसलाई प्राथमिकता दिने, माओवादीलाई नदिने ?

मूलतः कांग्रेसलाई नै प्राथमिकता दिने हो । किनभने एमाले र कांग्रेसका बीचमा सहकार्य हुनुपर्छ । तर त्योसँगै अरु दलहरु समेतलाई सँगै लिएर हिंड्ने हाम्रो दायित्व हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?