 
																			२२ भदौ, जनकपुरधाम । जनकपुरबाट स्रोत नखुलेको साढे २० लाख रुपैयाँसहित एकजना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा भारतको बिहार राज्य जिल्ला दरभंगा थाना सिंहवाडा गाँउ लहेरिया सराय बस्ने २० वर्षीय राजेश साह छन् ।
उनलाई शुक्रबार दिउँसो जनकपुरधाम उपमहानगरपालिका ४ स्थित सडकबाट गोप्य सूचनमको आधारमा रकमसहित नियन्त्रणमा लिएको धनुषाकम प्रहरी प्रवक्ता डिएसपी वेदप्रसाद गौतमले जानकारी दिए ।
उनले आफ्नो पिठ्युमा बोकेको कालो रंगको झोला भित्रबाट नेपाली रकम १ हजार दरको नोट १ हजार ८५० थान र ५ पाँच सय दरको नोट ४ सय थान गरी २० लाख ५० हजार रुपैयाँ बरामद गरिएको प्रवक्ता गौतमले बताए ।
बरामद गरिएको रकमसहित युवकलाई आवश्यक कारवाहीको लागि भन्सार कार्यालय जनकपुरमा पठाइएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
            भर्खरै
            पुराना
            लोकप्रिय
            
        
            ट्रेन्डिङ
                        Advertisment
                        
                                    
        
    
                        
                    
                    
                    
                     
                









 
                     
                                 
                 
                 
                 
                 
                 
         
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                .png) 
                                                 
                                                .png) 
                                                 
                                             
                                             
                                             
                                             
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
                
प्रतिक्रिया 4