+
+

‘एक भगवत् गीता’ विवादमा झरना भन्छिन्- सत्य बोलिरहँदा पनि कसैले सुनेनन्

अनलाइनखबर अनलाइनखबर
२०८० भदौ २४ गते ११:५४

काठमाडौं । फिल्म ‘एक भगवत् गीता’लाई लिएर भइरहेको विवाद साम्य भइसकेको छैन । शीर्षक र चरित्र चित्रणमा आपत्ति जनाउँदै हिन्दु धार्मिक संघसंस्थाले विरोध जनाइरहेका छन् ।

चलचित्र विकास बोर्डले सेन्सर सिफारिस दिइसकेको छैन । भदौ २९ गतेबाट प्रदर्शनको तयारीमा रहेको फिल्मको प्रचारमा जुट्नुपर्ने बेला निर्माता विवाद मिलाउन बोर्ड कुदिरहेका छन् । बोर्डले आइतबार निर्माता र धार्मिक संघसंस्थालाई छलफलमा बोलाएको छ ।

यसैबीच निर्देशक झरना थापाले शनिबार मध्यरातमा फेसबुकमा भावुक स्टाटस लेख्दै फिल्मलाई रोकिएकोप्रति पीडा व्यक्त गरेकी छन् । आफूले जीवनभर राष्ट्रको भौगोलिक अखण्डता, सांस्कृतिक विविधता, धार्मिक आस्था र सहिष्णुतामा आँच आउने कर्म अहिलेसम्म नगरेको पनि उनले बताएकी छन् ।

उनी लेख्छिन्, ‘बारम्बार हामीले हाम्रो चलचित्रको कथावस्तु सुनाएर श्रीमद् भागवतगीताको अवहेलना नभएको प्रमाण बताइरहँदा पनि चलचित्रलाई सेन्सर अनुमति नै दिइएको छैन । आफ्ना सारा स्रोत सम्पत्ति, सपना र अहिलेसम्मको चलचित्रकर्मको लगानी गरेर बनाइएको चलचित्र यसरी चल्नै नदिने अवस्था आउँदा मर्नु न बाँच्नुको पीडा भइरहेको छ ।’

उनले अगाडि लेखेकी छन्, ‘मैले मेरो फैसला भगवानको हातमा छोडिदिएकी छु । थाहा छैन हाम्रो चलचित्र हजुरहरुको आँखासम्म आउन पाउँछ कि पाउँदैन थाहा छैन । प्रिय दर्शकको मायाको तेलले बलिरहेको यो झरना थापा नामको दियो अब बल्न पाउछ कि पाउँदैन, सत्य बोलिरहँदा पनि सही छु भनेर दसी प्रमाण दिइरहँदा पनि कसैले नसुनिदिएपछि अन्तिममा फैसला त भगवानले गर्नुहोला नि हैन ?’

झरना निर्देशित फिल्ममा विपिन कार्की, सुहाना थापा र धीरज मगरको शीर्ष भूमिका छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?