+
+

माण्डु हाइड्रोपावरको आईपीओ बाँडफाँट, १ लाख २० हजार ५३२ जनालाई १० कित्ता सेयर

अनलाइनखबर अनलाइनखबर
२०८० भदौ २४ गते १२:१५

२४ भदौ, काठमाडौं । माण्डु हाइड्रोपावर लिमिटेडको प्राथमिक सेयर (आईपीओ) बाँडफाँट भएको छ। कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धक प्रभु क्यापिटल लिमिटेडको आइतबार बिहान कम्पनीको आईपीओ बाँडफाँट गरेको हो ।

कम्पनीले १० देखि १३ भदौसम्म प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा १०६ रुपैयाँ प्रिमियम थप गरी प्रतिकित्ता २०६ रुपैयाँमा १२ लाख ५ हजार ३२० कित्ता सेयर निष्कासन गरेको थियो।

कम्पनीले जारी पूँजी १ अर्ब ३६ करोड ३६ लाख ३७ हजार रुपैयाँको १२ प्रतिशतले हुने १६ लाख ३६ हजार ३७० कित्ता साधारण सेयर निष्कासन गर्न नेपाल धितोपत्र बोर्डबाट स्वीकृति पाएको थियो ।

सार्वजनिक निष्कासन गर्न अनुमति पाएकोमध्ये जारी पूँजीको २ प्रतिशतले हुने २ लाख ७२ हजार ७३० कित्ता सेयर आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाहरुका लागि निष्कासन गरी बाँडफाँट गरिसकेको छ ।

स्थानीय बासिन्दाहरुका लागि निष्कासन गरेको सेयरमा बिक्री नभएको ७९ हजार ३० कित्ता सहित समेत थप गरेर कम्पनीले सर्वसाधारण्को लागि सेयर निष्कासन गरेको थियो ।

यसका साथै कम्पनीले सर्वसाधारण लगानीकर्ताहरुका लागि छुट्याइएको सेयरको १० प्रतिशतले हुन आउने १ लाख ३६ हजार ३६४ कित्ता साधारण सेयर नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृति प्राप्त गरी विदेशमा रोजगार गरी रहेका नेपालीहरुका लागि निष्कासन गरेर बाँडफाँट गरिसकेको छ ।

आयोजना प्रभावित स्थानियलाई बिक्री नभएको सेयर समेत थप गरेर कुल १३ लाख ६ हजार ३०६ कित्ता सेयरमध्ये २८ हजार ८५३ कित्ता सेयर कम्पनीका कर्मचारीहरुका र ७२ हजार १३३ कित्ता सेयर सामूहिक लगानी कोषलाई बाँडफाँट गरी बाँकी रहेको १२ लाख ५ हजार ३२० कित्ता सेयरका लागि सर्वसाधारणबाट आवेदन माग गरेको थियो ।

उक्त आईपीओमा कुल १० लाख १६ हजार ७१४ आवेदन परेको थियो। मागभन्दा बढी आवेदन परेकोले धितोपत्र निष्कासन तथा बाँडफााट निर्देशिका अनुसार गोलाप्रथा मार्फत कम्पनीको आईपीओ बाँडफाँट भएको छ । यसरी बाँडफाँट गर्दा अनुसार कुल १ लाख २० हजार ५३२ आवेदकले १० कित्ताका दरले कम्पनीको सेयर प्राप्त गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?