 
																			२५ भदौ, विराटनगर । जनता समाजवादी पार्टी (जसपा) अध्यक्ष उपेन्द्र यादवले सरकार गठनसबन्धी संवैधानिक व्यवस्था नै त्रुटिपूर्ण भएको बताएका छन् ।
विराटनगर विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै यादवले संविधान संशोधन गरेर यसलाई सच्याउनुपर्ने बताए ।
संसदीय व्यवस्था भनेको बहुमत प्राप्त दलले सरकार बनाउने र बहुमत नहुँदा सरकारबाट हट्ने भएको उनले बताए । अघि भने, ‘अर्काेले पनि बहुमत ल्याएन भने मध्यवधिमा जाने हो ।’
तर संविधानमा पाँच चरण पार गर्नुपर्ने व्यवस्था भएको भन्दै उनले यसलाई सच्याउनुपर्ने बताए । उनले अघि भने, ‘जुन खालको संसदीय व्यवस्थाको संरचना संविधानमा निर्धारण गरिएको छ, त्यसमाथि पुनर्विचार गर्नुपर्छ ।’
निर्वाचन प्रणालीमा पनि त्रुटि रहेको उनको जिकिर छ । जसपा अध्यक्ष यादवले भने, ‘संविधान संशोधन गरेर शासकीय स्वरुप र निर्वाचन प्रणाली फेरबदल गर्न जरुरी छ ।’
 
                









 
                     
                                 
                 
                 
                 
                 
                 
         
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                .png) 
                                                 
                                                .png) 
                                                 
                                             
                                             
                                             
                                             
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
                
प्रतिक्रिया 4