+
+

‘जवान’ले चार दिनमा विश्वभरबाट कमायो ५३१ करोड

अनलाइनखबर अनलाइनखबर
२०८० भदौ २५ गते १७:२७

काठमाडौं । शाहरुख खान स्टारर ‘जवान’ले भारतसहित अन्तर्राष्ट्रिय बजारमा आँधी ल्याएको छ । फिल्मको हिन्दी संस्करणले आइतबार (चौथो दिनसम्म) भारतीय बक्स अफिसमा २५२.०८ करोड भारु कमाएको छ ।

बिहीबार ६५.५० करोड भारुको ओपनिङ गरेको फिल्मले आइतबार ७१.६३ करोड भारु कमायो । यो कमाइ कुनै हिन्दी फिल्मले एकैदिनमा कमाएको सर्वाधिक रकम हो । सोही अवधिमा तमिल र तेलुगू संस्करणमा फिल्मले ३४ करोड भारु कमाएको बलिउड ट्रेड एनालिस्ट तरण आदर्शले जनाएका छन् ।

साथै, ‘जवान’ छोटो समयमै २५० करोड भारु कमाउने पहिलो फिल्म बनेको छ । शाहरुखकै अघिल्लो फिल्म ‘पठान’ले २५० करोड भारु कमाउन पाँच दिन र ‘गदर २’ लाई ६ दिन लागेको थियो । तरण आदर्शका अनुसार सोमबार पनि जवानले भारतीय बक्स अफिसमा राम्रो कमाइ गर्ने संकेत मिलेको छ ।

चार दिनमै ‘जवान’ले विश्व बजारमा ५३१ करोड भारु कमाएको हिन्दुस्तान टाइम्सले उल्लेख गरेको छ । ‘पठान’पछि शाहरुखको अर्को फिल्मले विश्व बक्स अफिसमा ५०० करोड भारुको सफलता पाएको हो । अमेरिकामा ‘जवान’ले हलिउड फिल्महरु बार्बी र ओपेनहाइमरलाई पनि पछाडि पारेको जनाइएको छ ।

जवानले ८१३ वटा उत्तर अमेरिकी बजारबाट ६.२ मिलियन डलर कमाएको छ । कृष्ण जन्माष्टमीमा रिलिज भएको जवानमा शाहरुखसहित नयनतारा, विजय सेतुपति, दीपिका पादुकोण लगायतको शीर्ष भूमिका छ । फिल्मलाई एट्लीले निर्देशन गरेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?