+
+

‘नेम्वाङलाई अस्पताल ल्याउँदा मुटुको चाल थिएन, आँखाको नानी फुलिसकेको थियो’

अनलाइनखबर अनलाइनखबर
२०८० भदौ २६ गते १३:५९

२६ भदौ, काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष तथा पूर्वसभामुख सुवास नेम्वाङलाई अस्पताल ल्याउँदा मुटुको चाल नभएको त्रिवि शिक्षण अस्पतालले बताएको छ ।

अस्पतालले एक विज्ञप्ति जारी गर्दै उपचारको लागि बिहान १:५० अस्पताल ल्याइपुर्‍याउँदा नेम्वाङको आँखाको नानी फुलिसकेको, रक्तचाप र पल्स रेकर्ड गर्न नसकेको जनाएको छ ।

अस्पताल पुर्‍याएलगत्तै चिकित्सकहरुले नाडी, मुटुको धड्कन र श्वासप्रश्वासको अवस्था जाँच गरेका थिए । चिकित्सकले ३५ मिनेटसम्म सीपीआर गर्दापनि जीवनसम्बन्धी कुनै संकेत नदेखिएकाले ३ बजे मृत घोषणा गरेका थिए ।

नेम्वाङ घरभित्रकै शौचालयमा बेहोस अवस्थामा फेला परेका थिए । परिवारका सदस्यहरुले थाहा पाएर त्रिवि शिक्षण अस्पताल पुर्‍याउँदा नै उनको मृत्यु भइसकेको चिकित्सकले बताएका छन् ।

‘मेडिकल प्वाइन्टबाट हेर्दा हामीले नाडी चले नचलेको, सास फेरे नफेरेको, मुटु चले नचलेको हेर्छौं । नेम्वाङमा ती केही पनि थिएनन् । त्यो भनेको हस्पिटल आइपुग्नुभन्दा अगाडि नै मृत्यु भएको भन्ने हुन्छ’, उपचारमा सम्लग्न एक चिकित्सकले भने ।

ती चिकित्सकका अनुसार नेम्वाङ २० वर्षदेखि नै उच्च रक्तचाप, मधुमेह समस्या थियो ।

नेम्वाङले संविधान निर्माणको क्रममा खेलेको भूमिकाको उच्च मूल्यांकन गर्दै राजकीय सम्मानका साथ अन्त्येष्टि गर्ने र अन्त्येष्टिको दिन देशभर सार्वजनिक बिदा दिने निर्णय गरेको सरकारले निर्णय गरेको छ ।

अन्त्येष्टि हुने दिन नेपालभरका सरकारी कार्यालय, विदेशस्थित नेपाली दूतावास र नियोगहरुमा राष्ट्रिय झण्डा आधा झुकाउने निर्णय समेत सरकारले गरेको छ ।

हेर्नुहोस् शिक्षण अस्पतालले जारी गरेको विज्ञप्ति

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?