+
+

गणतान्त्रिक आन्दोलनमा अग्रणी नेता नेम्बाङ

संविधान निर्माणमा सुवास नेम्बाङको ‘कि रोल’ थियो । संविधान सभाले बनाएका पाँचैवटा समितिलाई सुवासजीले सहजीकरण,सहयोग, प्रोत्साहित गर्ने र नमिलेका कुराहरुमा आफ्नो पनि विचार प्रस्तुत गर्नुभयो ।  

कृष्णप्रसाद सिटौला कृष्णप्रसाद सिटौला
२०८० भदौ २६ गते १७:४६

एउटै धाराको पानी पिएजस्तै रह्यो सुवास नेम्बाङ र मेरो सम्बन्ध । उहाँ इलामको, म झापाको । अलग पार्टीका भए पनि हामी एउटै परिवारजस्ता थियौं । विचारहरुमात्रै होइन, दुःखसुख पनि साट्थ्यौं ।

सुवासजी नेकपा एमालेको मात्रै नेता हुनुहुन्थेन । दलहरुबीच साझा प्रिय नेता हुनुहुन्थ्यो । उहाँले कसैलाई पनि चिढ्याएर, घोचपेच गरेर बोलेको मैले कहिले पनि थाहा पाइन । शिष्ट, शब्य, नम्र व्यवहार गर्नुभयो । तर, दृढताका साथ व्यवहार देखाउनुभयो । उत्तेजना कहिले पनि देखाउनुभएन ।

नेपालको लोकतान्त्रिक आन्दोलनमा सुवासजी अत्यन्तै महत्वपूर्ण भूमिका निर्वाह गने नेताहरु मध्ये एक होे । राजा ज्ञानेन्द्रले त्यसबेला प्रतिगमन गरेपछि आन्दोलनका कार्यक्रमहरु तय हुँदा एमालेबाट सधैं उहाँले प्रतिनिधित्व गर्नुभयो । यो कुरा मलाई राम्रोसँग थाहा छ । कांग्रेसबाट प्रायः म रहन्थे । लोकतान्त्रिक जनआन्दोलन र गणतन्त्रको आन्दोलनमा सुवास जीको अग्रणी भूमिका रह्यो ।

आन्दोलनकै कारणले जब संसद पुर्नस्थापित भयो । उहाँले लोकतान्त्रिक आन्दोलनमा खेलेको भूमिकाकै कारणले सहमतिमा हामीले सुवासजीलाई सहमतिको सभामुख बनायौं । सात राजनीतिक दलको सहमतिमा सभामुख बन्नुभयो । त्यही संसदले अन्तरिम संविधान जारी गर्‍यो । माओवादी शान्ति प्रक्रियाको बैधानिक बाटोमा प्रवेश गरे । त्यो महत्वपूर्ण घटना थियो ।

संविधान सभाको पहिलो निर्वाचन पछि उहाँ सभाध्यक्ष बन्नुभयो ।  पहिलो संविधान सभाले संविधान बनाउन सकेन । पहिलो संविधान सभाले संविधान बनाउन नसक्दा उहाँ धेरै खिन्न देखिनुभएको थियो । पहिलो संविधान सभामा म थिइनँ । संविधान निर्माणका लागि केही भूमिका खेल्न सकिन्छ कि भनेर डा. बाबुराम भट्टराईको मन्त्रिपरिषद्मा छोटो समय म प्रवेश गरे । त्यहाँबाट नि पार लागेन । संविधान सभा विघटनको अवस्थामा पुग्यो ।

दोस्रो संविधान सभाको सभाध्यक्ष पनि उहाँ नै बन्नुभयो । प्रतिगमन विरुद्धको आन्दोलनमा जो हामीहरु लागेका थियौं, हामी साथीहरु विच एउटा समझदारी जस्तो थियो । दोस्रो संविधान सभाबाट संविधान निर्माण गर्न सक्नै पर्दछ भन्नेमा हामीहरु समझदारी जस्तो थियो ।

बढीमा डेढ वर्षभित्र संविधान निर्माण गरौं है भन्ने थियो । संविधान सभाले बनाएका पाँचैवटा समितिलाई सुवासजीले सहजीकरण,सहयोग, प्रोत्साहित गर्ने र नमिलेका कुराहरुमा आफ्नो पनि विचार प्रस्तुत गर्नुभयो । बाहिर बसेर भन्दा पनि भित्र बसेर नेताहरुलाई सुझाव दिनुभयो । संविधान निर्माणमा महत्वपूर्ण योगदान गर्नुभएको छ ।

म आफैं संविधान मस्यौदा समितिको सभापति थिएँ । मस्यौदा समितिले बनाएको विधेयक जतिबेला उहाँलाई बुझाउन पथ्र्यो, एकैछिन पनि ढिलो नगरी समितिमा आएर बुझ्नुहुन्थ्यो । मस्यौदा संविधान सभामा छलफलका लागि पनि एकैछिन पनि ढिलो गर्नु भएन ।

अनेकौं कोणबाट अनेकौं दबाब थियो । नेपालले आफ्नो संविधान बनाउन सक्छ या सक्दैन भन्ने कुरामा अनेकौं प्रश्न थिए । दबाब र प्रश्न अनेकौं थिए । अनेकौं षडयन्त्र र दबाबका बाबजुत संविधान सभाले संविधान ल्याउन सफलता हासिल ग¥यो । संविधान निर्माणको ‘कि रोल’मा सुवास जी हुनुहुन्थ्यो ।

नेपाल स्वतन्त्र, स्वाधिन, सार्वभौम देश हो । नेपाली जनताले निर्वाचित गरेको संविधान सभाबाट संविधान बनाउनुपर्छ भन्ने हामीमा थियो । नेपालले आफ्नो परिचय विश्वसामू दिनुपर्छ भन्ने हाम्रो मान्यता हो ।

विभिन्न राजनीतिक पृष्ठभूमिबाट आएकाहरुको अत्यन्तै ठूलो संख्याको संविधान सभा थियो । संविधान सभा फरक फरक राजनीतिक दलको संगम थियो । त्यो विचबाट संविधान निर्माण गर्नु आफैंमा कठिन विषय हो ।

सभामुखको हिसाबले सुवासजीले त्यो बेला महत्वपूर्ण भूमिका निर्वाह गर्नुभयो । संविधान सभामा उहाँले गरेको भूमिका कहिले पनि विर्सन सक्दैनौं । संविधान निर्माणका क्रममा सुवासजीले गरेको योगदानमा जति प्रशंसा गरेपनि कम हुन्छ ।

अहिलेको राजनीतिको अवस्था बारे केही समय अघि एक्लै सुवासजीसँग कुरा गरेको थिएँ । संविधान जारी त ग¥यौं । तर, संविधानले निर्माण गरेका अन्तरवस्तुहरुको कार्यान्वयनका लागि ऐन, नियमहरु बन्न सकेन ।

अहिले संसदमा रहेका सबै दलहरु विचमा साझा दृष्टिकोण बनाएर सहमति, सहकार्य र एकताका साथ अघि बढ्ने बाटो तय गर्नसक्नु पर्छ है भनि हामी विच कुरा भएको थियो । त्यो दिशामा दलहरुलाई कसरी अघि बढाउन सकिन्छ भनेर चिन्तन गरेका थियौं ।

असामयिक रुपमै सुवासजीको निधन हुँदा राष्ट्रलाई अपूरणीय क्षति भएको छ । उहाँप्रति हार्दिक श्रद्धान्जली । परिवारजनमा समवेदना ।

(संविधान सभाध्यक्ष नेम्बाङ हुँदा संविधान मस्यौदा समितिको सभापतिका रुपमा नेता सिटौलाले भूमिका खेलेका थिए । संविधान निर्माणमा क्रममा नेम्बाङको योगदानलाई लिएर कांग्रेस नेता सिटौलासँग गरिएको वार्तामा आधारित)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?