+
+

‘जवान’को दबदबाबीच ‘भगवत् गीता’ र ‘नांगो गाउँ’ले कति पाए शो ? 

अनलाइनखबर अनलाइनखबर
२०८० भदौ २७ गते १४:२३

काठमाडौं । ‘जवान’ र ‘नन् २’ को दबदबाबीच शुक्रबार रिलिज हुन लागिरहेका फिल्मले अपेक्षाभन्दा न्यून शो पाएका छन् । चर्चाअनुसार ‘एक भगवत् र एक गीता’ र ‘नांगो गाउँ’लाई हलले कम शो दिएका छन् ।

विपिन कार्की स्टारर ‘एक भगवत र एक गीता’लाई क्यूएफएक्सले देशव्यापी १७ शो दिएको छ । काठमाडौं उपत्यकाका हलमा भने यो फिल्मले नौ शो पाएको छ । स्टारकास्ट र ब्यानरको आधारमा झरना थापा निर्देशित फिल्मले पाएको शो न्यून हो ।

यो फिल्मलाई वान सिनेमाजले सात, बिग मुभिजले पाँच, आईएनआईले चार शो दिएका छन् । दयाहाङ राई स्टारर ‘नांगो गाउँ’लाई क्यूएफएक्सले देशव्यापी २७ शो दिएको छ । काठमाडौं उपत्यकाका हलमा १२ शो दिएको छ । वान सिनेमाजले ७ शो, बिग मुभिजले ४, आईएनआईले ६ शो दिएको छ ।

समग्रमा यी दुई फिल्मले पाएको शो अपेक्षाभन्दा न्यून हो । विदेशी फिल्मको दबदबाबीच यी फिल्मले कसरी उल्लेख्य ओपनिङ गर्न सक्लान् भन्ने कुरा चुनौतीपूर्ण देखिन्छ । वर्ड अफ माउथ बलियो भए एक भगवत् गीता र नांगो गाउँले शो संख्यामा वृद्धि गर्न सक्छन् ।

‘जवान’ र ‘नन् २’ को व्यापार दोस्रो हप्तामा केही घट्न सक्छ, जसको फाइदा यी दुई नेपाली फिल्मले उठाउन सक्छन् । तीज पर्वको छेकोमा र एक सातामै तीन दिनको सार्वजनिक बिदाको फाइदा पनि यी दुई फिल्मलाई पुग्न सक्छ ।

तर हल सञ्चालक चाहिं शो संख्याभन्दा पनि उपलब्ध गराइएका शोको अकुपेन्सी महत्वपूर्ण हुने बताउँछन् । ‘दिइएका शोमा खचाखच दर्शक आए भने शो संख्या बढ्न सक्छ,’ एक हल व्यवस्थापकले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?