+
+

सबै मन्त्रालयका प्रशासन महाशाखा प्रमुखसँग सामान्य प्रशासन मन्त्रीको छलफल

अनलाइनखबर अनलाइनखबर
२०८० भदौ २९ गते १२:२५

२९ भदौ, काठमाडौं । प्रशासन क्षेत्र सुधारबारे छलफल गर्न संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सबै मन्त्रालयका प्रशासन महाशाखा प्रमुखहरुलाई मन्त्रालयमा बोलाएको छ ।

अहिले मन्त्रालयको हलमा सामान्य प्रशासन मन्त्री अनिता देवी समेतको उपस्थितिमा छलफल चलिरहेको छ । छलफल पछि प्रशासन सुधारका लागि मन्त्री देवीले निर्देशन दिने कार्यक्रम छ ।
अनिता देवी मन्त्री बनेपछि सबै मन्त्रालयका प्रशासन महाशाखा प्रमुखहरुसँग पहिलोपटक छलफल गरिएको उनको सचिवालयले जनाएको छ ।

छलफलमा सबै मन्त्रालय, राष्ट्रिय सतर्कता केन्द्र लगायतका प्रशासन महाशाखाका प्रमुखहरूको उपस्थिति छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?