+
+

केही नेपाल ऐन संशोधन विधेयक दफावार छलफलका लागि संसदीय समितिमा

अनलाइनखबर अनलाइनखबर
२०८० भदौ २९ गते १४:३९

२९ भदौ, काठमाडौं । केही नेपाल ऐन संशोधन विधेयक दफावार छलफलका लागि संसदीय समितिमा पुगेको छ ।

शुक्रबार बसेको प्रतिनिधि सभाको बैठकमा कानुन न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले संसदीय समितिमा पठाइयोस् भन्ने प्रस्ताव प्रस्तुत गरेका थिए । जसलाई सभाले सर्वसम्मत रुपमा स्वीकार गरेको हो ।

सरकारले वैशाख २६ गते प्रतिनिधि सभामा दर्ता गरेको विधेयकमा सांसदहरुले ५५ वटा संशोधन प्रस्ताव दर्ता गरेका छन् । ती संशोधन प्रस्तावउपर समेत संसदीय विषयगत समितिमा छलफल हुनेछ ।

यो विधेयकमा रहेको शान्तिपूर्ण राजनीतिको मूलधारमा ल्याउन मुद्दा फिर्ता लिन सकिने प्रस्तावित व्यवस्थाप्रति सांसदहरुको ज्यादा चासो छ । यही विषयसँग सम्बन्धित २५ वटा संशोधन प्रस्ताव परेको छ ।

नेपाली कांग्रेस र नेकपा एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), नेपाल मजदुर किसान पार्टी (नेमकिपा)का सांसद र केही स्वतन्त्र सांसदले मूलधारको शान्तिपूर्ण राजनीतिमा आएकै कारण नेता र कार्यकर्ताको हिंसात्मक गतिविधिसँग सम्बन्धित मुद्दा फिर्ता नहुने भनी संशोधन हालेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?