+
+

के हुन्छ ? जब आफूखुसी फ्लेक्सन खान्छौं

डा. निमेश पौडेल डा. निमेश पौडेल
२०८० भदौ २९ गते १६:४२

सामान्य दुखाई, ज्वरो, कमजोरीमा प्रायले खोज्ने औषधि हो, फ्लेक्सन । शरीर केही विसञ्चो भयो कि त हामी फ्लेक्सन खान हतारिन्छौं ।

यसका लागि न हामीलाई चिकित्सकको प्रेस्किप्सन चाहिन्छ, न त्यसको मात्राबारे जानकारी नै । मनोमानी ढंगले खाने प्रवृत्ति व्यापक छ । खासमा फ्लेक्सन के हो ? यसले कसरी काम गर्छ ? यो कति मात्रामा खानुपर्छ ? सामान्य ज्ञान हुनैपर्छ ।

फ्लेक्सन के हो ?

यो पारासिटामोल र आइबुप्रोफिन दुई वटा औषधिको संयोजन हो । हुन त यी दुबै औषधि छुटाछुटै खाँदा पनि हुन्छ । तर, मिलाएर खाँदा यो थप प्रभावकारी हुन्छ, जसलाई मेडिकल भाषामा सिर्नजेटिक इफेक्ट भनिन्छ ।

यसले के काम गर्छ ?

यो औषधिमा पारासिटामोल र आइबुप्रोफिन दुबैको काम गर्ने गुण हुन्छ ।  पारासिटामोलले दुखाई, ज्वरो कम गर्छ । आइबुप्रोफिनले ढाड दुखाई, सुन्निएको र संक्रमण कम गर्छ ।

कस्तो अवस्थामा खान हुँदैन ?

भाइरल ज्वरोमा यसको प्रयोग गर्न मिल्दैन । जस्तै डेंगी भएको बेला फ्लेक्सन खानै हुँदैन । किनभने यसको प्रयोगले रगतमा प्लेट वृद्धिमा अवरोध गर्छ ।

फ्लेक्सन कति खाने, कसरी खाने ?

खासमा फ्लेक्सन कुनै पनि रोगको लागि सिफारिस गरिदैन । यदि खानै परेमा पनि खाना खाइसकेपछि दिनको तीन पटक खान सकिन्छ । तर यो नियमित खाइरहनु हुँदैन । चिकित्सकको सल्लाह अनुसार एक–दुई दिनसम्म मात्र खान सकिन्छ । अहिले जसरी मान्छेले मनोमानी ढंगले खाइरहेका छन्, त्यसले भोलिका दिनमा जटिल समस्या निम्त्याउन सक्छ ।

बच्चालाई पनि फ्लेक्सन खुवाउन सकिन्छ ?

बच्चालाई फ्लेक्सन खुवाउँनु हुँदैन । यसको प्रयोगले बच्चाहरुमा मिर्गौलाको समस्या हुनसक्छ । बच्चाले मात्र होइन, अन्यले पनि मनोमानी यसको प्रयोग गर्दा हानि गर्छ ।

अन्य औषधि खाइरहेकालाई फ्लेक्सन खुवाउँदा के हुन्छ ?

चिकित्सकको निगरानीमा खाएको छ भने सल्लाह अनुरुप खान सकिन्छ । जस्तै वाथ रोग, हड्डी वा जोर्नी दुख्ने समस्यामा चिकित्सकले बिरामीको अवस्था हेरेर यो औषधि दिइन्छ । तर भने यत्तिकै खान हुँदैन ।

मिगौलाको समस्या, उच्च रक्तचाप, मधुमेह वा मुटुको बिरामी भएकाले खान मिल्दैन । यसले झन जटिलता ल्याउन सक्छ । त्यसैले अन्य रोगको समस्या भएमा चिकित्सकलाई देखाएर खानु उचित हुन्छ ।

फ्लेक्सनले गर्ने हानि के के हुनसक्छ ?

ग्याष्ट्रिक गराउँछ । शरीर सुन्निने समस्या हुनसक्छ । मिर्गौलालाई कमजोर बनाउन सक्छ । यदि एकै पटक धेरै मात्रामा खाइएमा ज्यानै जान सक्छ ।

(जनरल फिजिसियन डा. पौडेल अल्का अल्पताल, ब्लुक्रस अस्पताल र एभरेष्ट अस्पतालमा कार्यरत छन् ।)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?