+
+

एक किलो सुन प्रकरणमा मेरो नाम जोड्नु गलत : तीर्थ लामा

अनलाइनखबर अनलाइनखबर
२०८० भदौ ३० गते १२:५१

३० भदौ, काठमाडौं । बाग्मती प्रदेशका खानेपानी, उर्जा तथा सिँचाइ मन्त्री तीर्थबहादुर लामाले एक किलो सुन प्रकरणमा आफ्नो नामसमेत जोडिएको भन्दै आपत्ति जनाएका छन् ।

बागमती प्रदेश सरकारका मन्त्री र नेपाली कांग्रेस जिल्ला समिति काभ्रेको सभापतिको हैसियतमा आफ्नो धेरै जनसम्पर्क हुने भन्दै उनले कुनै प्रसंगमा कसैले खिचेको तस्वीरका कारण आफ्नो नाम जोड्नु गलत हुने उनले बताएका छन् ।

एक किलो सुन प्रकरणमा काभ्रेका तरुण दलका नेता विकास लामा प्रहरीको खोजी सूचीमा परेका छन् । उनको गाडी प्रहरीले बरामद गरेको छ । विकाससँग सम्बन्ध रहेको भन्दै आफ्नो नाम जोडिएकामा नेता तीर्थबहादुर लामाले आपत्ति जनाएका हुन् । ‘मलाई विवादमा ल्याउन चाहने निकृष्ट मानसिकता र दुराशयका साथ भएका यस्ता कार्यप्रति म सचेत छु’ उनले भनेका छन् ।

मन्त्री लामाले उक्त घटनाको सत्यतथ्य छानबिन गर्न र दोषीलाई कारबाही गर्न माग गरेका छन् । छानबिनका लागि आफूले पनि सहयोग गर्ने उनले बताएका छन् ।

नेपाली कांग्रेस जिल्ला कार्यसमिति काभ्रेका सचिवद्वय गुणराज मोक्तान र माधव ढकालले पनि विज्ञप्तिमा जारी गरी एक किलो सुन प्रकरणमा पार्टी सभापतिको नाम जोडिएकामा आपत्ति जनाएका छन् । उनीहरुले पनि घटना छानबिनको माग गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?