
३१ भदौ, दाङ । दाङमा माइक्रोबसले अटोरिक्सालाई ठक्कर दिँदा एक बालकको मृत्यु भएको छ ।
मृत्यु हुनेमा तुलसीपुर उपहानगरपालिका –६ गोलौराका १३ वर्षका दामोदर भण्डारी रहेका छन् । माइक्रोबसको ठक्करबाट घाइते भएका भण्डारीको आइतबार बिहान ११ बजे प्रादेशिक अस्पताल तुलसीपुरमा उपचारका क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालय तुलसीपुरका डीएसपी ठाकुरप्रसाद पोखरेलले जानकारी दिए ।
दुर्घटनामा अटो चालकसहित अन्य चार जना बालिका घाइते भएका छन् । नेपालगञ्जबाट रुकुमतर्फ जाँदै गरेको लु २ ख ५९१८ नम्बरको माइक्रोबसले तुलसीपुर उपमहानगरपालिका-१६ डोक्रेनाबाट तुलसीपुरतर्फ आइरहेको रा १ ह ४४५९ नम्बरको अटोलाई आइतबार बिहान करिब ९ बजेतिर टरिगाउँ विमानस्थल नजिकै ठक्कर दिएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4