+
+

राजस्व चुहावटबारे अध्ययन गर्न कार्यदल गठन

अनलाइनखबर अनलाइनखबर
२०८० भदौ ३१ गते १७:३०

३१ भदौ, काठमाडौं । राजस्व चुहावटबारे अध्ययन गर्न सरकारले कार्यदल गठन गरेको छ ।राजस्व चुहावटको पछिल्लो प्रवृत्ति विश्लेषण गरी नियन्त्रणको ठोस उपायसहितको कार्ययोजना बनाउने जिम्मेवारी कार्यदलले पाएको छ ।

शुक्रबार बसेको केन्द्रीय राजस्व चुहावट नियन्त्रण समितिको बैठकले यस्तो निर्णय गरेको हो ।
अर्थ मन्त्रालयका प्रवक्ता धनिराम शर्माका अनुसार कार्यदलले राजस्व सचिवको संयोजकत्वमा सुरक्षा निकाय र विभागीय प्रमुखहरु रहेको कार्यदल गठन गरेको हो । कार्यदलको संयोजन अर्थ मन्त्रालयको राजस्व व्यवस्थापन महाशाखाले गर्ने भएको छ ।

चाडवाडलाई लक्षित गरी संवेदनशील नाकामा आकस्मिक गस्ती बढाउने निर्णय समेत समितिले गरेको छ । दशैं, तिहार, छठ पर्वमा चोरी पैठारी नियन्त्रण गर्न सबै निकायबीच समन्वय गर्ने निर्णय समेत बैठकले गरेको छ । राजस्व चुहावट नियन्त्रणमा प्रविधिको उपयोग बढाउन सबै निकायले योजना बनाउने निर्णय समेत बैठकले गरेको छ ।

राजस्व चुहावट नियन्त्रणमा संलग्न जनशक्तिको कार्य सम्पादनको निरन्तर सुपरिवेक्षण गर्ने निर्णय समेत बैठकले गरेको छ ।

पैठारीको परिमाणमा अस्वभाविक कमी आएका वस्तुको बजार उपलब्धतता अध्ययन गर्ने र त्यस्ता वस्तुको चौरी पैठारी नियन्त्रण गर्ने कार्ययोजना बनाउने निर्णय समेत बैठकले गरेको छ ।

बैठकमा उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले राजस्व चुहावट नियन्त्रण गर्न उच्चस्तरको समन्वय आवश्यक रहेको बताएका थिए ।

अर्थमन्त्री डा. प्रकाशशरण महतले कमजोरीको समिक्षा गरी सुधारको मार्ग पहिल्याउन आवश्यक रहेको बताएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?