+
+

९७३१ नम्बरको टिकट काटेर ‘नाडा अटो शो’ घुमेका अवलोकनकर्तालाई विद्युतीय स्कुटी उपहार

अनलाइनखबर अनलाइनखबर
२०८० असोज १ गते १५:०६

१ असोज, काठमाडौं । ‘नाडा अटो शो’ घुमेका एक जना अवलोकनकर्ताका लागि विद्युतीय स्कुटर पुरस्कार घोषणा गरिएको छ ।

टिकट काटेर अटो शो अवलोकन गरेका एक जना ग्राहकलाई विद्युतीय स्कुटर उपहार दिने अयोजकको घोषणा अनुसार सोमबार लक्की ड्र गरेर विजेता छानिएको नाडाले जनाएको छ ।

२६ भदौदेखि ३१ गतेसम्म टिकट काटेर गएका मध्ये ९७३१ टिकट नम्बर भएका अवलोकनकर्ताले याडिया इलेक्ट्रिक स्कुटर जितेको नाडाले जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख गरेको ५।

उक्त टिकट नम्बरका ग्राहकलाई नाडाको सचिवालय टेकुमा सम्पर्क राख्न पनि आयोजकले भनेको छ । अटो शो अवलोकन गरेका ७६ हजार एक सय मध्येबाट गोलाप्रथा गरेर भाग्यशाली ग्राहक छानेको नाडाले जनाएको छ ।

प्रदर्शनीमा उत्कृष्ट चारपाङ्ग्रे सवारीसाधनको स्टल साइमेक्स इंक प्रालि (वीवाईडी) ले जितेको छ भने उत्कृष्ट दुई पाङ्ग्रे सवारीसाधनतर्फको स्टल अग्नि मोटोनिक प्रालि (जावा) ले जितेको छ ।

त्यसैगरी लाइट कमर्सियल भेहीकलको बेस्ट स्टल अवार्ड आयाम इण्टरनेसनल प्रालि (फोर्स मोटर्स ) ले जितेको छ  भने बेस्ट सर्पोटिङ स्टलको अवार्ड पौडेल इण्टरप्राइजेज (लिक्वीइमोली स्टुडोजले) जितेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?