+
+

नेपालमा समेत छायांकन भएको हलिउड फिल्म ‘द क्रिएटर’को ट्रेलर सार्वजनिक

अनलाइनखबर अनलाइनखबर
२०८० असोज १ गते १७:२७

काठमाडौं । नेपालमा समेत केही भाग छायांकन गरिएको हलिउड फिल्म ‘द क्रिएटर’को ट्रेलर सार्वजनिक भएको छ । कृत्रिम बौद्धिकता (एआई) र मानवताबीचको लडाइँको कथावस्तुमा बनेको फिल्मलाई चर्चित हलिउड फिल्म ‘द रग’ र ‘गोडजिला’का निर्देशक गेरेथ एड्वार्ड्सले निर्देशन गरेका हुन् ।

‘एभरेस्ट’ र ‘डक्टर स्ट्रेन्ज’जस्ता ठूला फिल्मपछि हलिउडको यो प्रतीक्षित फिल्मको केही भाग नेपालमा छायांकन गरिएको हो । यो फिल्ममा ‘इटर्नल्स’, ‘क्रेजी रिच एसियन्स’ स्टार जेम्मा चेन, ‘इन्सेप्सन’ स्टार केन वातानावे, ‘डक्टर स्ट्रेन्ज’ अभिनेता बेनेडिक्ट वङसहित ओस्कार विजयी एलिसन जेनी लगायतले अभिनय गरेका छन् ।

यो साइन्स फिल्मलाई नेपालसहित एसियाली मुलुकहरु जापान, इन्डोनेसिया, कम्बोडिया, भियतनाम, माल्दिभ्स, थाइल्याण्डमा छायांकन गरिएको छ । सन् २०२२ को जनवरीदेखि जुनसम्म फिल्मको छायांकन भएको उल्लेख छ ।

सिनेमा ब्लेन्डरको हालैको एक अन्तर्वार्तामा एड्वार्डले नेपालमा फिल्म छायांकनको अनुभव बाँडेका थिए । उनले काठमाडौंलाई ‘डिज्ने वर्ल्ड अफ सिनेम्याटोग्राफर्स’ भएको बताएका छन् । ‘यो क्षण मेरा लागि जीवनको महत्वपूर्ण क्षण थियो,’ उनले भनेका छन्, ‘जतासुकै हेर्दा मायालु अनुहारहरु, आश्चर्यजनक प्रकाश, मन्दिर र चीजहरु । आर्यघाट वरपर हिंडेका गाईहरु ।’

विश्व बजारमा यो फिल्म सेप्टेम्बर २९ मा रिलिज हुँदैछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?