+
+
WC Series
पोखरा एभेन्जर्स 2025
130/4 (15.6)
VS
२४ बलमा ३६ रन आवश्यक
काठमान्डु गोर्खाज 2025
165/8 (20)
Shares

अब चारित्रिक प्रमाणपत्रमा अभियोग वा कसुर उल्लेख नगरिने

अनलाइनखबर अनलाइनखबर
२०८० असोज १ गते २१:०४

१ असोज, काठमाडौं । चारित्रिक प्रमाणपत्रमा अब अभियोग वा कसुर  उल्लेख नगरिने भएको छ । सोमबार राजपत्रमा प्रकाशित ‘प्रहरी चारित्रिक प्रमाणपत्र वितरण निर्देशिका’ मा चारित्रिक प्रमाणपत्र लिने व्यक्तिको अभियोग वा कसुर चारित्रिक प्रमाणपत्रमा उल्लेख नगरिने उल्लेख छ ।

कुनै फौजदारी अभियोगमा सफाइ पाएको, मुद्दा चलिरहेको, मुद्दा बिचाराधीन रहेको, मुद्दा फिर्ता लिईएको वा कसुर भुक्तान भैसकेको भएपनि अभियोग वा कसुर उल्लेख नगरी चारित्रिक प्रमाणपत्र दिईने निर्देशिकामा उल्लेख छ।

यसअघि अभियोगमा मुद्दा चलिरहेको वा कसुर भुक्तान गरिसकेको भएपनि प्रमाणपत्रमा अभियोग वा कसुरको विषय उल्लेख हुँदा धेरै नागरिकलाई मर्का परेको थियो ।

साथै अनलाइन आवेदन दिएको पाँच कार्यदिनभित्रै प्रमाणपत्र पाउने कुरा समेत निर्देशिकामा उल्लेख छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?