+
+

संविधान दिवसको अवसरमा ६७० जनाको कैद माफी मिनाहा

अनलाइनखबर अनलाइनखबर
२०८० असोज २ गते १८:४३

२ असोज, काठमाडौं । सरकारले संविधान दिवसको अवसर पारेर ६७० जनाको कैद माफी मिनाहा गरेको छ ।

राष्ट्रपति रामचन्द्र पौडेलले मन्त्रिपरिषदको २९ भदौको सिफारिस अनुसार ३ असोजदेखि लागू हुने गरी ६७० जनाको कैद माफी मिनाहा गरेका हुन् । ५० प्रतिशत कैद भुक्तान गरिसकेका र ज्येष्ठ नागरिकलाई कैद सजाय माफी मिनाहा दिएको हो ।

सजाय माफी मिनाहा पाउनेमा भीमबहादुर खवाससहित ४९७ जना, हर्कबहादुर लिम्बुसमेत १७० जना र सहनदिन भन्ने समदिन मियासमेत ३ जना गरी ६७० जना रहेका छन् ।

हेर्नुहोस् विज्ञप्ति

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?