+
+

राजनीतिक र सांस्कृतिक परिवर्तनमा फिल्मको योगदान महत्वपूर्ण : मन्त्री शर्मा

अनलाइनखबर अनलाइनखबर
२०८० असोज २ गते २०:५७

काठमाडौं । चलचित्र विकास बोर्डले संविधान दिवसको अवसरमा १० जना फिल्मकर्मीलाई सांस्कृतिक रुपान्तरण पुरस्कार २०८० प्रदान गरेको छ ।

मंगलबार चलचित्र विकास बोर्डमा आयोजित समारोहमा संचार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले पुरस्कार वितरण गरिन् । राजनीतिक, सामाजिक र सांस्कृतिक परिवर्तनमा फिल्मकर्मीको योगदान उच्च रहेको बताउँदै उनले संविधान कार्यान्वयन जरुरी रहेको बताइन् ।

बधशाला, बलिदान, दशगजाजस्ता फिल्मले समाज परिवर्तनमा महत्वपूर्ण भूमिका खेलेको चर्चा गर्दै मन्त्री शर्माले चलचित्र देश परिवर्तनको बलियो माध्यम रहेको बताइन् ।

पछिल्लो समय चाडपर्वमा विकृति र विसंगति भित्रिएको गुनासो गर्दै मन्त्री शर्माले चाडपर्वलाई भड्किलो ढंगले मनाउन नहुने बताइन् ।

उक्त अवसरमा मदनकृष्ण श्रेष्ठ, विजयरत्न तुलाधर, मिथिला शर्मा, दयाराम दाहाल, मुकुन्दकिशोर भट्टराई, श्याम सापकोटा, रेखा थापा, दीपाश्री निरौला, मनोज पण्डित र मीनबहादुर भामलाई सांस्कृतिक रुपान्तरण पुरस्कार प्रदान गरियो । चलचित्रकर्मी कल्याण कोष संचालन समितिलाई पनि सम्मान गरियो ।

आगामी दिनमा पुरस्कारको दायरा फराकिलो पारिने मन्त्री शर्माले बताइन् । समारोहमा मन्त्रालयका सचिव कृष्णबहादुर राउत र बोर्ड अध्यक्ष भुवन केसी पनि उपस्थित थिए । समारोहमा गायक यम बरालले सांगीतिक प्रस्तुतिमार्फत मनोरञ्जन दिएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?