+

क्यानले सार्वजनिक गर्‍यो मतदाता नामावली, झापाका प्रतिनिधिले मतदान गर्न नपाउने

२०८० असोज  ६ गते ७:२८ २०८० असोज ६ गते ७:२८
क्यानले सार्वजनिक गर्‍यो मतदाता नामावली, झापाका प्रतिनिधिले मतदान गर्न नपाउने

६ असोज, काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)ले आज हुने केन्द्रीय कार्यसमिति चुनावका लागि मतदाता नामावली सार्वजनिक गरेको छ ।

शनिबार बानेश्वरस्थित एभरेष्ट होटल हुने चुनानवको लागि ८५ जना मतदाताको नामावली सार्वजनिक गरिएको हो ।

विधान र नियमले ८६ जना मतदाता हुने भए पनि विवादका कारण झापाका प्रतिनिधिले मतदानमा सहभागी हुन नपाउने भएपछि ८५ जनाको नामावली सार्वजनिक गरिएको हो ।

शुक्रबार झापाबाट दुई जना प्रतिनिधि फरकफरक माइन्युटसहित आएपछि विवाद भएको थियो । विवादका कारण उनीहरू दुवै जनाले मतदान गर्न नपाउने भएका हुन् ।

चुनावी प्रक्रिया आज बिहान ८ : १५ सुरु हुनेछ ।  ८ : ४० मा उम्मेदवारको मनोनयन, ११: २० बजे उम्मेदवारको प्रथम नामावली प्रकाशन,  ११: ४० बजे उम्मेदवारको मनोनयम उपर उजुरी र छानबिन हुने कार्यतालिका रहेको छ ।

त्यसपछि उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरी मतदान गरिने  निर्वाचन समितिले जनाएको छ ।

क्यानको नेतृत्वका लागि यसपटक पनि  चतुरबहादुर चन्दले दाबी गरेका छन् । उनले सर्वसम्मत हुन खोजे पनि लुम्बिनी प्रदेशका उपाध्यक्ष विजयराज भण्डारीले पनि अध्यक्षमा उम्मेदवारी घोषणा गरेका छन् ।

नेपाली क्रिकेट टोलीका पूर्वकप्तान पारस खड्का पनि यसपटक पदाधिकारीका लागि प्रतिस्पर्धा गर्ने तयारीमा छन् ।

क्यान

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय