+
+
सुन तस्करीको जाँचबुझ :

दलहरुले तयार पारे जाँचबुझ आयोगको कार्यादेशको मस्यौदा

अनलाइनखबर अनलाइनखबर
२०८० असोज ७ गते १४:५२

७ असोज, काठमाडौं । दलहरुले सुन तस्करीको उच्चस्तरीय जाँचबुझ आयोगको कार्यदेशबारे प्रस्ताव तयार पारेका छन् । यसबारे नेकपा एमालेसँग छलफल गरेर आइतबार नै आयोग गठन गर्ने तयारी छ ।

भेप र ब्रेक शुमार्फत भएको सुन तस्करीलाई लिएर एमालेले संसद अवरुद्ध गरेपछि दलहरुबीच ५ असोजभित्र उच्चस्तरीय जाँचबुझ आयोग बनाउने सहमति भएको थियो । तर आयोगको कार्यादेशबारे दलहरुबीच सहमति नहुँदा आयोग गठनमा ढिलाइ भएको थियो ।

आइतबार कार्यबाहक प्रधानमन्त्री पूर्णबहादुर खड्काको कार्यकक्षमा एमाले बाहेकका दलहरुबीच छलफल भएको छ । ‘नयाँ ड्याफ्ट बनेको छ, अब एमालेसँग छलफल हुन्छ’ छलफलमा सहभागी जनता समाजवादी पार्टी (जसपा)का प्रमुख सचेतक प्रदीप यादवले भने ।

आइतबार दिउँसो सरकारका प्रतिनिधि र प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका नेताहरुबीच गृह मन्त्रालयमा छलफल सुरु भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?