+
+

एसियाली खेलकुदको बक्सिङमा रविन थापा अन्तिम १६ मा पुगे

अनलाइनखबर अनलाइनखबर
२०८० असोज ८ गते १३:२४

८ असोज, हान्झाउ । १९औं एसियाड अन्तर्गत पुरुष बक्सिङमा नेपालका रविन थापा विजयी भएका छन् ।

हान्झाउ जिम्न्यासियममा भएको पुरुष ५१ केजी अन्तर्गत अन्तिम ३२ को खेलमा रविनले इन्डोनेसियाका खेलाडी दियो कोएबानुलाई पराजित गरे ।

खेलमा रविन अंकका आधारमा ४-१ ले विजयी भएका हुन् ।

रविनले अब अन्तिम १६ मा उत्तर कोरियाका चोनयोङ सोसँग खेल्नेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?