+
+

कोशी नामको विपक्षमा आन्दोलन गर्न पाइन्छ, तर संविधान मिच्न पाइँदैन : उपप्रधानमन्त्री श्रेष्ठ

अनलाइनखबर अनलाइनखबर
२०८० असोज ८ गते १६:११

८ असोज, विराटनगर । उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले कोशी नामकरणको विपक्षमा आन्दोलनरत समूहले कानुन उल्लंघन गर्न नपाउने बताएका छन् । सोमबार गृह मन्त्रालयले विराटनगरमा आयोजना गरेको कार्यक्रममा उनले आन्दोलनको नाममा कसैलाई हिँडडुलमा अवरोध र आक्रमण गर्न नपाइने बताएका हुन् ।

कोशी नामकरणको विपक्षमा आन्दोलन गरिरहेको प्रदेश १ पुनः नामकरण संघर्ष समितिले विभिन्न राजनीतिक दलका नेताहरुलाई हिँडडुलमा अवरोध गर्दै आएको थियो ।

उपप्रधानमन्त्री श्रेष्ठले नामकरणको विपक्षमा आन्दोलन गर्ने स्वतन्त्रता भए पनि कानुन र संविधान मिच्ने छुट नभएको बताएका हुन् । ‘र्‍याली गर्न पाइयो, आमसभा गर्न पाइयो, विचार राख्न पाइयो, लेख लेख्न पाइयो । तर एक ठाउँबाट अर्को ठाउसँमा जान अवरोध उत्पन्न गर्ने वा प्रदेशसभाका सदस्यलाई अवरोध उत्पन्न गर्न पाइँदैन यसमा विचार गर्न सबैलाई म विनम्रतापूर्वक अनुरोध छ’, उनले भने ।

आन्दोलनरत पक्षलाई कोशी नाम ठीक भएन अर्को नाम राख्नुपर्छ भनेर जनमत बनाउने अधिकार रहेको तर प्रदेशको नामकरण भने प्रदेशसभाबाटै निर्णय हुने संवैधानिक व्यवस्था रहेको उपप्रधानमन्त्री श्रेष्ठले बताए ।

‘प्रदेशसभालाई अनुरोध गर्न सकिन्छ । प्रदेश सभा कन्भिन्स भयो भने यही प्रदेशसभाबाट नाम परिवर्तन गर्न सकिन्छ । नभए अर्को चुनावबाट नाम परिवर्तन गर्न सक्छ । बाटो चाहिँ त्यही हो, अर्को बाटोबाट गएर हुँदैन’ उनले भने, ‘आफूलाई ठीक लागेको बाटोबाट विधि स्थापित हुँदैन ।’

उपप्रधानमन्त्री श्रेष्ठले नेपाल धर्म निरपेक्ष राज्य रहेकाले धर्मको नाममा कुनै गलत क्रियाकलाप गर्न नपाइने बताए । ‘धर्मलाई राजनीतिसँग जोड्नुहुन्न र धर्मलाई शक्ति निर्माणसँग जोड्नुहुन्न । अरु कसैको भावना भड्काएर अराजकता उत्पन्न पनि गर्नुहुन्न’ उनले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?