+
+

विश्वभर १ हजार करोड कमाउँदा ‘जवान’ले नेपालमा कति कमायो ?

अनलाइनखबर अनलाइनखबर
२०८० असोज ९ गते ११:३७

काठमाडौं । शाहरुख खान स्टारर भारतीय फिल्म ‘जवान’ले आइतबारसम्म विश्वभर एक हजार करोड भारु कमाएको छ । भारतमा मात्र फिल्मले ६६६ करोड भारु कमाएर कीर्तिमान रच्यो । फिल्मको कुल विश्वव्यापी कमाइ एक हजार १५ करोड भारु छ ।

‘जवान’ हजार करोड भारु कमाउने तेस्रो भारतीय फिल्म बनेको छ, जसमा अभिनेता खानका मात्र दुई फिल्म समावेश छन् । चीनमा रिलिज भए यो फिल्मले धेरै कमाउने शाहरुख खानको अघिल्लो फिल्म ‘पठान’को कीर्तिमान तोड्नेछ ।

विश्वभर हजार करोड कमाउँदा फिल्मले नेपालमा तेस्रो सातासम्म कति कमायो ? बलिउड पोर्टल पिंकभिल्लाका अनुसार ‘जवान’ले नेपालमा आठ लाख अमेरिकी डलर (१० करोड ६९ लाख नेरु) हाराहारीमा कमाइ गरेको छ ।

यद्यपि, नेपालको चलचित्र विकास बोर्डले फिल्मको आधिकारिक कमाइ सार्वजनिक गरेको छैन । ‘जवान’ले तेस्रो सातासम्म एसिया र ओसियाना क्षेत्रमा ७४ लाख ५० हजार डलर कमाइ गरेको छ । अमेरिकाबाट एक करोड ४१ लाख डलर, मध्यपूर्व र अफ्रिका क्षेत्रबाट एक करोड ४५ लाख डलर, युरोपबाट ५८ लाख डलर कमाइ गरेको पिंकभिल्लाले उल्लेख गरेको छ । विदेशबाट जवानको कुल कमाइ चार करोड १९ लाख डलर (३४९ करोड भारु) छ ।

नेपालमा भने शाहरुखको अघिल्लो फिल्म ‘पठान’ले १३ करोड २८ लाख नेरु ग्रस कमाएको तथ्यांक चलचित्र विकास बोर्डले सार्वजनिक गरेको थियो । यो हिसाबअनुसार ‘जवान’ले ‘पठान’को नेपाल कमाइ तोड्न सकेको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?