९ असोज, काठमाडौं । मिडफिल्डर फ्रेङकी डी जोङ चोटका कारण मैदान बाहिर रहने भएपछि स्पेनिस क्लब बार्सिलोना समस्यामा परेको छ ।
एंकलको चोटका कारण जोङले ६ हप्तासम्म मैदान बाहिर रहनु पर्ने भएको छ । जोङ ६ हप्ता मैदान बाहिर रहनु भनेको बार्सिलोनाले केही महत्वपूर्ण खेल उनी बिना नै खेल्नु हो ।
शनिबार सेल्टाभिगोसँग २-० ले पछि परेको स्थिति उल्ट्याउँदै बार्सिलोना ३-२ ले विजयी भएको खेलमा उनी घाइते भएका थिए ।
उनले मैदान छाडे पछि पनि बार्सिलोनाले खेल उल्ट्याएको थियो । तर एक महत्वपूर्ण खेलाडी टिममा नरहे पनि प्रशिक्षक जाभीमाथि दबाब पर्ने नै छ ।
प्रतिक्रिया 4