+
+

ईः र काठमाडौं महानगरबीचको वार्ता निष्कर्षविहीन

अनलाइनखबर अनलाइनखबर
२०८० असोज ९ गते २०:२३

९ असोज, काठमाडौं । साना सडक व्यवसायीको व्यवस्थापनको माग गर्दै प्रदर्शनरत ईः सहितका अभियन्ता र काठमाडौं महानगरबीचको वार्ता निष्कर्षविहीन भएको छ ।

तत्कालका लागि निश्चित समयका लागि व्यापार गर्न दिने गरी छलफल भएपनि अन्तिममा वार्ता निष्कर्षविहीन बनेको वार्ताका एक सहभागीले अनलाइनखबरलाई बताए ।

ईः ले ८ दिनदेखि मेयर र उपमेयरको कार्यालय राष्ट्रिय सभा गृहको गेट अगाडि निरन्तर उभिएर प्रदर्शन गरिरहेका छन् । सोमबार मेयर बालेन शाहले उनलाई ‘वान टु वान’ वार्ताका लागि भन्दै राष्ट्रियसभा गृह अगाडि दुई कुर्सी राखेर बोलाएका थिए । ईः ले आफ्नो टोली आउने भन्दै केही समय मागेका थिए ।

त्यसपछि नगर प्रहरीमार्फत तत्काल आउने भए मात्र वार्ता हुने भन्दै सन्देश पठाइएपछि मेयर र अभियन्ताबीच आरोप–प्रत्यारोप भएको थियो ।

मंगलबार बिहान उपमेयर सुनिता डंगोल पनि अभियन्ता ईः लाई भेट्न पुगेकी थिइन् । त्यसपछि मेयरले वार्ताका लागि ५ सदस्यीय टोली बनाएका थिए । ईः का तर्फबाट पनि ५ सदस्यीय टोली बनाएर वार्ता गरिएको थियो ।

ईःका तर्फबाट गोविन्द नारायणको नेतृत्वमा सञ्जय अधिकारी, प्रज्वलत्ता कार्की, सञ्जय गिरी र राज महर्जन रहेको टोली वार्तामा सहभागी थियो ।

महानगरपालिकाका तर्फबाट महानगरका प्रवक्ता नवीन मानन्धरको नेतृत्वमा वडाध्यक्ष चीनकाजी महर्जन, कानुन विभाग प्रमुख वसन्त आचार्य, कुमार ब्यञ्जनकार र धिरज जोशी सदस्य रहेको टोली वार्तामा थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?