+
+

विश्व पर्यटन दिवस : नेपाल भित्रिने पर्यटकलाई वीरगञ्ज नाकामा फूलमाला

अनलाइनखबर अनलाइनखबर
२०८० असोज १० गते १४:१५

१० असोज, काठमाडौं । आर्थिक नगरी वीरगञ्ज ४४ औं विश्व पर्यटन दिवस मनाइएको छ । ४४ औं विश्व पर्यटन दिवसको उपलक्ष्यमा वीरगञ्जका होटल तथा पर्यटन व्यवसायी र पर्यटन प्रहरी कार्यालयले संयुक्त रुपमा पर्यटन दिवस मनाएका हुन् ।

सो अवसरमा वीरगञ्जको मुख्यद्वार शङ्कराचार्य गेटबाट नेपाल प्रवेश गर्ने भारतीय पर्यटकलाई फूल, माला र खादाले स्वागत गर्दै शुभ साइतको प्रतीक दही खुवाएर नेपाल भित्र्याइयो ।

नेपालीको न्यानो आतिथ्य पाएका भारतीय पर्यटक आर के सिंहले यो सम्मान आफ्ना लागि फरक र अत्यन्तै सम्झन लायक रहेको बताए । अर्का भारतीय पर्यटक दिगग्म्बर कुमारले आफू पहिले पनि नेपाल घुम्न आएको र नेपाल अत्यन्तै राम्रो लागेकोले फेरि घुम्न आएको बताए ।

होटल तथा पर्यटन व्यवसायी संघ वीरगञ्जका अध्यक्ष हरि पन्तले बुधबार वीरगञ्ज नाका भएर नेपाल आउने पहिलो चार जना भारतीय पर्यटक वीरगञ्ज बस्न चाहेमा आफूहरुले निःशुल्क बास बस्ने व्यवस्था मिलाउने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?