
१० असोज, काठमाडौं । विभिन्न देशका लागि नवनियुक्त ४ राजदूतले बुधबार पद तथा गोपनीयताको शपथ लिएका छन् ।
फ्रान्सका लागि नेपाली राजदूत सुधीर भट्टराई, संयुक्त अरब इमिरेट्सका लागि नेपाली राजदूत तेजबहादुर क्षेत्री, कुवेतका लागि नेपाली राजदूत घनश्याम लम्साल र स्वीटजरल्याण्डका लागि नेपाली राजदूत रामप्रसाद सुवेदीले राष्ट्रपति रामचन्द्र पौडेलबाट पद तथा गोपनीयताको शपथ लिएका राष्ट्रपति कार्यालयले जनाएको छ ।
मन्त्रिपरिषदबाट राजदूत सिफारिस भएका उनीहरु संसदीय सुनुवाइ समितिबाट नाम अनुमोदन भएपछि राष्ट्रपतिबाट नियुक्त भएका थिए । अब उनीहरु आआफूलाई तोकिएको देशमा जिम्मेवारी सम्हाल्न जानेछन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4